Suvadin, Home

यसरी मारिए श्रृंखलाबद्ध हत्या र चन्दा अातंकमा संलग्न मनाेज पुन र साेमबहादुर अाले

श्रृंखलाबद्ध रूपमा हत्या र चन्दा आतंक मच्चाउँदै आएका गुण्डा नाइके मनोज पुन र उनका एक सहयाेगी रुपन्देहीको देवदहमा मारिएका छन्। प्रहरी इन्काउन्टरमा उनीहरू मारिएका हुन्। 

रुपन्देही, फागुन ९ – श्रृंखलाबद्ध रूपमा हत्या र चन्दा आतंक मच्चाउँदै आएका गुण्डा नाइके मनोज पुन भनिने मनोज बुढामगर र उनका एक सहयाेगी रुपन्देहीको देवदहमा मारिएका छन्। प्रहरी इन्काउन्टरमा उनीहरू मारिएका हुन्। 

पुनसँगै सुटर सोमबहादुर आले प्रहरी कारबाहीमा मारिएका छन्। बुधबार बिहान देवदह नगरपालिका भवानीपुरमा पुन प्रहरीको गोलीबाट मारिएका हुन्।

पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीको गोली लागेर उनी मारिएकाे दावी रुपन्देहीका एसपी श्याम ज्ञवालीले गरेका छन्।

दुवैको शव रुपन्देहीको अञ्चल अस्पतालमा राखिएको ज्ञवालीले जनाएका छन्। प्रहरीसँगकाे मुठभेटमा दुवै मारिएका हुन्। पुनले पहिले प्रहरीमाथि गाेली चलाएकाे जनाइएकाे छ।

पुनकाे समूह नेपालमै बसेर अातंक मच्चाउन संलग्न रहेकाे जानकारी सिअाइबीले पाएपछि रुपन्देहीमा प्रहरी केन्द्रित भएकाे थियाे।

फेरि अर्काे अातंकका लागि पुन नेपाल अाएकाे सूचना पाएकाे प्रहरीले ठाउँठाउँमा छापा मारेकाे थियाे। प्रहरीले उनीहरुको साथबाट पेस्तोल हतियार बरामद गरिएको जनाएकाे छ।

३ वर्षदेखि नेपाल प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका पुन युवा संघका नेता दुर्गा तिवारी, निर्माण व्यवसायी शरदकुमार गौचन तथा व्यवसायी तथा युवा नेता बसन्त पौडेल बलुको हत्यामा संलग्न रहेकाे प्रहरीले जनाएकाे छ। 


 

More form the Internet

loading...