Suvadin, Home

सल्यानका द्वन्द्वपीडित काठमाडाैंमा

सल्यानका द्वन्द्वपीडित न्यायको खोजीमा काठमाण्डौं आएका छन्। तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षबाट पीडित कालीबहादुर घर्तीमगरले न्यायका लागि शान्ति समिति र सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिए पनि सुनुवाइ नभएको बताए।

काठमाडौं, पुस २५

‘न्यायका लागि पटकपटक सरोकारवाला निकायमा ताकेता गर्दा पनि कुनै सुनुवाइ भएन,’ उनले भने, ‘डेढ हप्तादेखि विभिन्न निकायमा धाएको धायै छु तर कतैबाट पनि वास्ता गरिएन ।’

त्यो बेला माओवादीले सुराकी आरोपमा उनलाई तीन पटकसम्म अपहरणमा गरेका थिए। २०५६ देखि विस्थापित उनी अहिले बाँकेमा बस्दै आएका छन्। जिल्ला प्रशासन कार्यालय, सत्य निरुपण तथा मेलमिलाप आयोगले प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै उनले आफूजस्तै पीडितलाई चाँडो राहत उपलब्ध गराउन सरकारसमक्ष आग्रह गरेका छन्।

कांग्रेस सल्यानका जिल्ला समिति सदस्यसमेत रहेका कालीबहादुरले २०५६ मा माओवादीले जिल्लाको चाँदेकरेन्जी–३ को घर ध्वस्त बनाई करिब ६ लाखको क्षति गरेको बताए। सल्यानमा राज्य र विद्रोही दुवै पक्ष गरी करिब ६ हजार द्वन्द्वपीडित रहेको बताइन्छ। रासस

More form the Internet

loading...