Suvadin, Home

सिइद्वारा बृद्धबृद्धालाई अत्यावश्यक सामग्री हस्तान्तरण

‘मेकिङ दिस विन्टर वार्म’ भन्ने नाराका साथ कम्पनीले २४ जनालाई आवश्यक सामग्री वितरण गरिएको बताइएको छ। कार्यक्रममा सरसफाई सामग्री ,डाइपर, तथा हातधुने उपकरणहरू समेत प्रदान गरिएको छ।
मानव सेवा आश्रममा आश्रितहरूलाई कम्बल वितरण।

पुस १३, काठमाडौं 


मानव सेवा आश्रम सामाखुसीका बृद्धबृद्धा तथा असहाय नागरिकलाई सिइ कन्सट्रक्सन प्रा.लि.ले अत्यावश्यक सामग्री प्रदान गरेको छ।

कम्पनी स्थापनाको २५ आैं वार्षिकोत्सवको अवसर पारी आश्रममा आश्रितहरूलाई कम्बल वितरण गरेको कम्पनीले जानकारी दिएको छ।  कम्पनीका महाप्रबन्धक शम्भु फुयाँलले ती सामग्री आश्रमलाई हस्तान्तरण गरेका हुन्। 

‘मेकिङ दिस विन्टर वार्म’ भन्ने नाराका साथ कम्पनीले २४ जनालाई आवश्यक सामग्री वितरण गरिएको बताइएको छ। कार्यक्रममा सरसफाई सामग्री ,डाइपर, तथा हातधुने उपकरणहरू समेत प्रदान गरिएको छ। कम्पनीले यस वर्ष स्थापनाको रजत उत्सव परेकोले वर्षभरि विभिन्न कार्यक्रम गर्ने जानकारी दिएको छ। प्रत्येक वर्ष सिइले रक्तदान, वाग्मती सफाई वृक्षारोपणजस्ता कल्याणकारी कार्यक्रम गर्दै आइरहेको छ।  

कार्यक्रममा फुयाँलले कम्पनीले सधैं समाजको कल्याणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्। 
 


 

More form the Internet

loading...