Suvadin, Home

अपागंता भएका व्यक्तिको विशिष्ट क्षमता राज्यले उपयोग गर्नुपर्छः श्रृष्टी केसी

अपागंता भएका व्यक्तिहरुमा रहेको विशिष्ट क्षमताको भरपुर उपयोग गर्न र सोही प्रकारको वातावरण र अवसर उपलब्ध गराउन सके उनीहरु तीन गुणा कर राज्यलाई तिर्न सक्ने हैसियतमा रहेको धारणा केसीले राखेकी छिन्। विवेकशील साझा पार्टीले शुरु गरेको समता संवाद शृंखलामा मुख्य वक्ताको रुपमा निम्त्याइएकी केसीले फरक र विशिष्ट क्षमता भएपनि अपाङ्गता भएका व्यक्तिहरुलाई दयाको भावनाले सामान्य भत्तामा अल्झ्याएर समृद्ध मुलुक निर्माण गर्न नसकिने बताएकी हुन्।
श्रृष्टी केसीका साथमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ता।

काठमाडौं ३० भदौ – क्षमतावान युवा एवं उत्प्रेरक वक्ता श्रृष्टी केसीले अपांगता भएका व्यक्तिहरुलाई हेयको र दयाको दृष्टिले हेर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएकी छिन्।

साथै अपागंता भएका व्यक्तिहरुमा रहेको विशिष्ट क्षमताको भरपुर उपयोग गर्न र सोही प्रकारको वातावरण र अवसर उपलब्ध गराउन सके उनीहरु तीन गुणा कर राज्यलाई तिर्न सक्ने हैसियतमा रहेको धारणा केसीले राखेकी छिन्।

विवेकशील साझा पार्टीले शुरु गरेको समता संवाद शृंखलामा मुख्य वक्ताको रुपमा निम्त्याइएकी केसीले फरक र विशिष्ट क्षमता भएपनि अपाङ्गता भएका व्यक्तिहरुलाई दयाको भावनाले सामान्य भत्तामा अल्झ्याएर समृद्ध मुलुक निर्माण गर्न नसकिने बताएकी हुन्।

उनले विवेकशील साझा पार्टीले उठाएका इमानको राजनीति, भ्रष्टाचार विरोधी राजनीति, समतामूलक समृद्धि अभियान जस्ता महत्वपूर्ण सवालप्रति आफ्नो आदरभाव रहेको बताएकी छिन्।

पार्टीका केन्द्रीय सदस्य तथा सामाजिक न्याय विभाग प्रमुख प्रकाशचन्द्र परियारले समतामूलक, सामाजिक न्याय र समावेशिता बिनाको समृद्धि दीगो नहुने बताउँदै समाजमा रहेका सबै प्रकारका विभेद, असमानता चिरेर मानवीय मर्यादाको प्रवर्द्धनमा जोड दिएका छन्।

किशोरावस्थामै दृष्टि गुमाएकी श्रृष्टी केसीले अथक मेहनत, निरन्तर पहल र सदा उच्च मनोबलले आफूलाई अझ सशक्त, परिष्कृत, समाजपयोगी प्रतिभाको परिचय बनाएकी हुन्।

उनी प्रभावशाली उत्प्रेरक वक्ताका रूपमा नेपाल तथा कतिपय विदेशी मुलुकहरुमा आफ्ना अनुभव, ज्ञान र शीपबारे प्रवचन दिन पुगिसकेकी छिन्। हालै प्रदर्शनमा आएको फिल्म ब्लाइण्ड रक्स पनि श्रृष्टीकै जीवनकथामा आधारित थियो।

समता संवाद शृखलामा यसअघि चर्चित पुरस्कार फ्रिडम फ्रम फियर विजेता पूर्व कमलरी उर्मिला चौधरीले समता अभियानमा आफूले भोगेका र देखेका अनुभव प्रस्तुत गरेकी थिइन्।

समता संवादको आगामी प्रस्तुतिमा सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेका उत्प्रेरक वक्तालाई ल्याइने विभाग प्रमुख परियारले जानकारी दिएका छन्।


 

More form the Internet

loading...