Suvadin, Home

सप्तरीमा दुई जनाको मृत्यु

यस्तै, सप्तरीको कुसाहा–९ मा एकजना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत मधुवनी सकरी थाना घर भई हाल सप्तरी कुसाहा–९ स्थित हलेसी इँट्टा उद्योगमा कार्यरत ५० वर्षीया नन्दी पासवान रहेको बताइएको छ।
दुर्घटनाग्रस्त एक माेटरसाइकल ।

राजविराज, फागुन ९ – सप्तरीको छुट्टाछुट्टै घटनामा परी मंगलबार दुईजनाको मृत्यु भएको छ। जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको हाे।

ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन। मोटरसाइकल चालक भने फरार रहेका र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बोदेवसाइनले जनाएको छ। 

यस्तै, सप्तरीको कुसाहा–९ मा एकजना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत मधुवनी सकरी थाना घर भई हाल सप्तरी कुसाहा–९ स्थित हलेसी इँट्टा उद्योगमा कार्यरत ५० वर्षीया नन्दी पासवान रहेको बताइएको छ।

पासवानलाई अचानक बान्ता र पखाला चलेपछि उपचारका लागि लहानस्थित नर्सिङ होममा भर्ना गरिएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ।


 

More form the Internet

loading...