Suvadin, Home

सप्तरीमा चुनावी सरगर्मी
दुई सय सात मतदानस्थल अतिसंवेदनशील !

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ। 
निर्वाचनका लागि डडेलधुरामा खटिएकाे सुरक्षा टाेली। तस्वीरः धनबहादुर भण्डारी/रासस

राजविराज, मंसिर १७ – भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको छ। 

यही मंसिर २१ गते दोस्रो चरणमा हुन लगेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेत गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले बताएका छन्।

करिब तीन हजारभन्दा बढी म्यादी प्रहरीसमेत परिचालन गरिएको छ। जिल्लामा निर्वाचनका लागि २९५ मतदानस्थल र ४७८ वटा मतदान केन्द्र कायम गरिएको छ। 

जिल्लामा प्रतिनिधिसभातर्फ चारवटा तथा प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्रमा १५२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। सप्तरी क्षेत्र नं १ मा ९४ हजार ९२०, क्षेत्र नं २ मा ७९ हजार ६६३, क्षेत्र नं ३ मा ८५ हजार ४८९ र क्षेत्र नं ४ मा ८६ हजार ५४२ मतदाता रहेका छन्।


 

More form the Internet

loading...