Suvadin, Home
Citizen Bank 438.2k

Cover Image

मोटरसाइकलमाथि बस पल्टिँदा तीनको मृत्यु

मोटरसाइकलमा सवार दुईजना र बसमा सवार एकजना गरी ३ जनाको मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए। डिएसपी रिमालका अनुसार मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका–५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो। अर्का एकजना मृतकको नाम खुल्न सकेको छैन।

सप्तरी, २९ फागुन- सप्तरीमा आज विहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कुसहामा मोटरसाइकललाई बचाउने क्रममा को १ ख ४९६४ यात्रुबाहक बस को ३४ प ६४३५ नम्बरको सोही मोटरसाइकल माथि नै पल्टेपछि दुर्घटना भएको हो।

मोटरसाइकलमा सवार दुईजना र बसमा सवार एकजना गरी ३ जनाको मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए। डिएसपी रिमालका अनुसार मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका–५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो। अर्का एकजना मृतकको नाम खुल्न सकेको छैन।

घटनापछि अहिले राजमार्गमा यातायात अवरुद्ध छ। घटनाबारे थप विवरण केहीबेरमा आउने प्रहरीले जनाएको छ । घटनामा बसमा सवार यात्रु घाइते भएका छन्। 


 

More form the Internet

loading...