Suvadin, Home

Cover Image

यौन शोषणको आरोपमा एसएसपी सौरभ राणामाथि छानबिन गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई  निर्देशन दिएको छ ।

यौन शोषणको आरोप लागेका राणाविरुद्ध आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले निर्देशन दिएको हो ।

गृहले प्रहरी प्रधानकार्यालयलाई पठाएको पत्र मंगलबार नै प्राप्त भएको र यसको प्रकृया अघि बढाइएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि धरानकी एक महिलाले यौन शोषण गरेको भन्दै उजुरी दिएकी थिइन ।

उजुरीमा ती महिलाले राणामाथि ‘यौन शोषण’ गरेको आरोप लगाएकी छिन्। कात्तिकको अन्तिम साता ती महिला उजुरी लिएर गृह मन्त्रालय पुगेपछि गृहले अनुसन्धानका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार गरेको हो ।

बिगत लामै समय समयदेखि राणा र ती महिलाबीच चिनजान र सम्बन्ध भएपनि पछिल्लो समय उनीहरुबीच विवाद शुरु भएको पाइएको प्रहरीले जनाएको छ । राणा ३ महिनादेखि संघीय प्रहरी एकाइ धरानमा कार्यरत छन् । उनी धरान पोस्टिङ भएपछि सम्बन्धमा चिसोपना शुरु भएको र महिलाले उजुरी दिएको पाइएको प्रहरी अधिकारीको भनाइ छ ।

यता आरोपित राणाले भने घटनाबारे आफू अनविज्ञ रहेको भन्दै आफूमाथिको आरोप निराधार रहेको बताएका छन् । उनले अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन आफूले पनि सहयोग गर्ने बताएका छन् ।


 

More form the Internet

loading...