Suvadin, Home

अमेरिकामा बस्ने नेपालीद्वारा छात्रवृत्ति कोष स्थापना

जोशीले बझाङका तीन र कैलाली धनगढीका दुई गरी पाँच विद्यालयमा करीब रु एक करोड सहयोग गरेको छ। आफूले प्रारम्भिक शिक्षा पढेको शान्ति मावि चौघानपाटमा उनले आफ्ना बुबा भानुभक्त जोशीको नाममा रु १२ लाख १५ हजारको छात्रवृत्ति कोषका लागि सहयोग गरेका छन्। यसका साथै आफूले माध्यमिक शिक्षा हासिल गरेको सत्यवादी मावि भोपुरमा आफ्ना जेठाबुबा देवीभक्त जोशीको नाममा छात्रवृत्ति कोष स्थापना गरेर रु १२ लाख १५ हजार सहयोग गरेका छन्। 

बझाङ, २८ फागुन – जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–४ ब्यासी तामाखानी घर भई हाल अमेरिकामा बस्दै आएका डा तुलसीराम जोशीको सहयोगमा गरीब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक सुधारका लागि यहाँका विभिन्न विद्यालयमा ‘छात्रवृत्ति कोष’ स्थापना गरिइएको छ। 

गरीब परिवारका जेहेन्दार र लगनशील विद्यार्थीलाई पढाइ खर्चमा सहयोग पुगोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयमा स्थापित ‘छात्रवृत्ति कोष’ का लागि उहाँले सहयोग गर्नुभएको हो। 

जोशीले बझाङका तीन र कैलाली धनगढीका दुई गरी पाँच विद्यालयमा करीब रु एक करोड सहयोग गरेको छ। आफूले प्रारम्भिक शिक्षा पढेको शान्ति मावि चौघानपाटमा उनले आफ्ना बुबा भानुभक्त जोशीको नाममा रु १२ लाख १५ हजारको छात्रवृत्ति कोषका लागि सहयोग गरेका छन्। यसका साथै आफूले माध्यमिक शिक्षा हासिल गरेको सत्यवादी मावि भोपुरमा आफ्ना जेठाबुबा देवीभक्त जोशीको नाममा छात्रवृत्ति कोष स्थापना गरेर रु १२ लाख १५ हजार सहयोग गरेका छन्। 

साथै आफ्नो पुख्यौली गाउँ नजिकैका बान्नीचौर मावि पाटागाउँमा आफ्नी आमा महालक्ष्मीदेवी जोशीको नाममा रु १२ लाख १५ हजार सहयोग गरेको छ। बाल्यकाल बझाङमा बिताएर जिल्लामा पहिलोपटक २०१३ सालमा एसएलसी दिने ब्याचका जोशी अमेरिकमा प्राध्यापक भएर जन्मथलो गाउँतिर आएपछि बझाङमा उहाँको बाजागाजासहित गाउँलेले भव्य स्वागत गरेका थिए। 

विद्यालयमा गरिएको स्वागत कार्यक्रममा बोल्दै डा जोशीले अनुशासित, लगनशील र मेहनत गरेमा आफ्नो लक्ष्यमा पुग्ने सकिने भएकाले मेहनत गरी पढ्न विद्यार्थीलाई सुझाव दिए।     


 

More form the Internet

loading...