Suvadin, Home

बन्दका कारण विद्यालय प्रभावित

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ। 
फाइल फाेटाे।

काठमाडौँ, असार २७– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ। 

बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको पाइएको छ। निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको जनाए। 

सो पार्टी निकट अनेरास्ववियु ९क्रान्तिकारी० का उपाध्यक्ष लालबहादुर तामाङले आफ्ना कार्यकर्ताको पक्राउ र निजी विद्यालयको चर्को शुल्क फिर्ता नभएका कारण बन्द आह्वान गर्नुपरेको बताए। रासस 


 

More form the Internet

loading...