Suvadin, Home

दाताकाे सहयाेग खर्चै भएन, स्कुल पुनर्निर्माण प्रभावित

दाताले दिएको रकम खर्च गर्न नसक्दा भूकम्पका कारण क्षति भएका विद्यालयहरुको पुनर्निर्माण प्रभावित भएको छ। दाताले तोकेको मापदण्ड पूरा गर्न नसक्दा विद्यालयको पुनर्निर्माणले गति लिन नसकेको सराेकारवालाहरुले स्वीकारेका छन्। बिहीबार शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा गरेको अन्तरक्रियामा सहभागीहरुले अहिलेकै गतिमा काम भए अबको पाँच वर्षभित्र पनि विद्यालय पुनर्निर्माणको काम नसकिने बताएका छन्।
सिन्धुपाल्चाेककाे एक स्कुल । तस्विरः अशाेक दुलाल

काठमाडौं, फागुन ५


दाताले दिएको रकम खर्च गर्न नसक्दा भूकम्पका कारण क्षति भएका विद्यालयहरुको पुनर्निर्माण प्रभावित भएको छ। दाताले तोकेको मापदण्ड पूरा गर्न नसक्दा विद्यालयको पुनर्निर्माणले गति लिन नसकेको सराेकारवालाहरुले स्वीकारेका छन्।

बिहीबार शिक्षा पत्रकार सञ्जालले काठमाडौंमा गरेको अन्तरक्रियामा सहभागीहरुले अहिलेकै गतिमा काम भए अबको पाँच वर्षभित्र पनि विद्यालय पुनर्निर्माणको काम नसकिने बताएका छन्।

अन्तरक्रियामा सहभागी शिक्षा मन्त्रालयका प्रवक्ता हरी लम्सालले भने समयमै विद्यालय पुनर्निर्माणको काम सम्पन्न गर्न सरकार लागि परेको बताए। कार्यक्रममा  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव राजेन्द्र पौडेलले दाताले दिएको रकम पनि खर्च गर्न नसक्दा विद्यालय पुनर्निर्माणले गति लिन नसकेको स्वीकारेका हुन्।

शिक्षा विभागको तथ्यांकअनुसार भूकम्पका कारण ३६ जिल्लाका पाँच सय ७५ विद्यालय पूर्णरुपमा ध्वस्त भएका छन्। ९ सय ६९ विद्यालयमा आंशिक क्षति भएको छ। भूकम्प गएको डेढ वर्ष वितिसक्दा पनि पुनर्निर्माणको कामले गति लिन सकेको छैन।


 

More form the Internet

loading...