Suvadin, Home

स्कुटर दुर्घटना, २२ वर्षीय युवाकाे मृत्यु

आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौंका २२ वर्षीय सुजन श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका स्कुटरमा सवार काभ्रेका २१ वर्षीय दीपेन्द्र मग्रातीको सोही अस्पतालमा उपचार भइरहेको छ। 

काठमाडौं, २१ फागुन – काठमाडौं महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर आज अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। 

आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौंका २२ वर्षीय सुजन श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका स्कुटरमा सवार काभ्रेका २१ वर्षीय दीपेन्द्र मग्रातीको सोही अस्पतालमा उपचार भइरहेको छ। 

६९ हजार डलरसहित पक्राउ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ लैजान लागेको ६९ हजार ५५० अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ का सरला खड्का र काठमाडौँ महानगरपालिका–१६ बस्ने रिङ्कु गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

नेपाल एयरलाइन्सको उडानद्वारा सोमबार बैंकक जान लागेका उनीहरुलाई परीक्षण गर्ने क्रममा अवैधरुपमा लैजान लागेको उक्त अमेरिकी डलरसहित पक्राउ गरिएको प्रहरीले आज सार्वजनिक गरेको हो। उनीहरुमध्ये खड्काको साथबाट ३५ हजार ६५० र गुरुङको साथबाट ३३ हजार ९०० अमेरिकी डलर बरामद भएको र आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ। 


 

More form the Internet

loading...