Suvadin, Home

छात्रालाई यौनशोषण गर्ने शिक्षक पक्राउ

महोत्तरीको गौशाला बजारमा ट्युसन पढाउने नाममा छात्रालाई यौनशोषण गर्दै आएका एक शिक्षक पक्राउ परेका छन्। विगत तीन वर्षदेखि जनता माध्यमिक विद्यालयमा अंग्रेजी पढाउँदै आएका ३८ वर्षीय शिक्षक रामदुलार साह सोनार पक्राउ परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए। 

गौशाला, चैत २३ - महोत्तरीको गौशाला बजारमा ट्युसन पढाउने नाममा छात्रालाई यौनशोषण गर्दै आएका एक शिक्षक पक्राउ परेका छन्। विगत तीन वर्षदेखि जनता माध्यमिक विद्यालयमा अंग्रेजी पढाउँदै आएका ३८ वर्षीय शिक्षक रामदुलार साह सोनार पक्राउ परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए। 

गौशाला नगरपालिका– ३ घर भएका शिक्षक साहले यसै वर्ष एसईई दिएर बसिरहेकी १६ वर्षीया छात्रालाई मंगलबार थप अध्ययन कक्षा तयारी गराउने नाममा गौशाला बजारस्थित आफ्नो डेरामा बोलाएर कोठाको झ्याल ढोका बन्द गरेर अनैतिक क्रियाकलाप गरिरहेको एक विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

छात्रालाई शिक्षकले यौनशोषण गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक पोख्रेलको नेतृत्वमा गएको टोलीले बन्द कोठा खोल्न लगाई छात्राको उद्धार गरेको थियो। छात्राको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताए। पीडित छात्रालाई यसअघि पनि शिक्षक साहले पटक-पटक एक्लै बोलाएर ट्युसन पढाउने बहानामा यौनशोषण गरेको स्थानीयबासी बताउँछन्।

छात्राको परिवारजनबाट शिक्षक साहविरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी पनि परेको छ। प्रहरीले शिक्षक साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइसकेको जनाइएको छ। रासस 


 

More form the Internet

loading...