Suvadin, Home

शमशुल होदाः बाराकाे कलैयादेखि अाइएसअार्इकाे एजेन्टसम्म
कानपुर रेल दुर्घटनाका प्रमुख याेजनाकार काठमाडाैंबाट पक्राउ

दुई महिनाअघि भारतको कानपुरमा भएको रेल दुर्घटनाका प्रमुख याेजनाकार मानिएका बाराका शमशुल होदासहित चार जनालार्इ नेपाल प्रहरीले पक्राउ गरेकाे छ। होदालाई दुवई प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्यूरोले सोमबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। भारतीय सञ्चारमाध्यमहरूले त्यहाँको गुप्तचार संस्थाकाे सहयोगमा होदा पक्राउ परेको दावी गरेपनि उनलाई दुवर्इ प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको नेपाली सुरक्षा अधिकारीले बताएका छन्। पाकिस्तानी गुप्तचर एजेन्सी अन्तर-सेवा इन्टेलिजेन्स (आइएसआर्इ)का संदिग्ध एजेन्ट मानिएका होदामाथि भारत उत्तर प्रदेशस्थित कानपुरसहित थुप्रै ठाउँमा रेल दुर्घटना गराएको अभियाेग लागेकाे छ।
शमशुल होदा।

विप्लव मरासिनी  काठमाडाैं, माघ २५


दुई महिनाअघि भारतको कानपुरमा भएको रेल दुर्घटनाका प्रमुख याेजनाकार मानिएका बाराका शमशुल होदासहित चार जनालार्इ नेपाल प्रहरीले पक्राउ गरेकाे छ। होदालाई दुवई प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्यूरोले सोमबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

भारतीय सञ्चारमाध्यमहरूले त्यहाँको गुप्तचार संस्थाकाे सहयोगमा होदा पक्राउ परेको दावी गरेपनि उनलाई दुवर्इ प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको नेपाली सुरक्षा अधिकारीले बताएका छन्।

काे हुन् हाेदा?

पाकिस्तानी गुप्तचर एजेन्सी अन्तर-सेवा इन्टेलिजेन्स (आइएसआर्इ)का संदिग्ध एजेन्ट मानिएका होदामाथि भारत उत्तर प्रदेशस्थित कानपुरसहित थुप्रै ठाउँमा रेल दुर्घटना गराएको अभियाेग लागेकाे छ। गत मंसिर ५ मा भारतीय रेलवेको पटना–इन्दौर एक्सप्रेस कानपुर क्षेत्रको पुखराया रेल स्टेसननजिक दुर्घटना हुँदा १ सय ५० यात्रुको ज्यान गएको थियो।

‘होदा दुवर्इमा आइएसआर्इका सक्रिय एजेन्ट थिए,’ भारतीय अखबार अमर उजालाको अनलाइन संस्करणमा भनिएको छ, ‘उनलाई भारतीय गुप्तचर एजेन्सीको सहयोगमा पक्राउ गरिएको हो, र यो भारतका लागि ठुलो सफलता हो, चाँडै भारतीय सुरक्षा अधिकारीहरुले होदासँग बयान लिनेछन्।’

यस्तो छ संलग्नता

भारतका विभिन्न ठाउँमा ठुला रेल दुर्घटना भएपछि त्यहाँको प्रहरी प्रशासनमा भुइँचालो नै आयो। सुक्ष्म अनुसन्धान गर्दै जाँदा त्यसमा केही फरक तथ्य भेटिए। यी दुर्घटनाहरु प्राविधिक र मानवीय कमजोरीले भन्दापनि ‘कसैले गराएको’ पत्ता लागेपछि होदाको समूह निसानामा पर्यो। एनआइए पूर्वी चम्पारणमा रेलको ट्रयाकमै विष्फोटनको प्रयास भएको तथ्य भेटियो।

इन्दौर-पटना एक्सप्रेस र आन्ध्र प्रदेशको कोनेरुमा भएका अरु दुई वटा रेल दुर्घटनामा पनि होदाकै हात देखिएको भारतीय प्रहरीको दावी छ। एनआइए पहिलादेखि नै नेपाली अधिकारीहरूको सम्पर्कमा रहेर काम गरिरहेको र होदा पक्राउ परेपछि धेरै कुरा बाहिर आउने भारतीय प्रहरीले जनाएको छ।

होदाकाे पृष्ठभूमि ?

बाराकाे कलैया नगरपालिकाका-८ का बासिन्दा हुन्, होदा। उनीसहित पक्राउ परेका चारै जनालाई कलैयास्थित जिल्ला प्रहरीको हिरासतमा राखिएको छ। होदा साउदी अरेविया र संयुक्त अरब इमिरेट्समा बसेर नेपाली र भारतीय गिरोह चलाउँदै आएको प्रहरीको दाबी छ।

पक्राउ परेका अन्यमा गढीमाई-८ का बाबा भनिने वृजकिशोर गिरी, कलैया नगरपालिका-४ का आशिष सिंह र उमेशकुमार कुर्मी रहेका छन्। यी तीन जना पहिल्यै पक्राउ परेका र उनीहरुकै बयान आधारमा होदालाई पक्राउ गर्न सफल भएको प्रहरी स्रोतले जनाएको छ।

होदाको समूह नेपाल र भारतीय प्रहरीको सर्वाधिक खोजी सूचीमा थियो। भारतीय सुरक्षा एजेन्सीले रेल दुर्घटनाका अधिकांश घटनामा पाकिस्तानी गुप्तचर संस्था आइएसआईको हात रहेको दावी गर्दै आएको थियो।

चलिरहेको एक्सप्रेस रेल लिकबाट उछिट्टिएर दुर्घटना भएजस्तो ठानिएकोमा घटना योजनाबद्ध गराइएको खुलेपछि भारतीय प्रहरीले यसमा संलग्नको खोजी थालेको थियो। यसैबीच, बारामा भएको एउटा हत्या घटनाको अनुसन्धानको फेरो कानपुर रेलकाण्डसँग जोडिन गएपछि प्रहरीले यसमा विशेष अनुसन्धान अघि बढाएको थियो।

के हो बारा घटना ?

गएको पुस १३ मा बाराको कलैयास्थित जंगलमा सहजनाथ महादेव मन्दिरनजिकै भारत पूर्वी चम्पारण आदापुर नजिकको पोखरिया गाउँका दीपक राम र अरुण रामको शव फेला पर्यो। प्रहरीले अनुसन्धान क्रममा मुजाहिर अन्सारीलाई नियन्त्रणमा लियो।

मारिएका ती दुई व्यक्तिले नै ‘बाबा’ भनिने वृजकिशोर गिरीमार्फत भारतीय रुपैयाँ ३ लाखका दरले ६ लाख पेस्की लिएर रक्साैल दरभंगा रेललाइनमा विस्फोट गराउने जिम्मा लिएको अनुसन्धानमा खुल्यो।

योजना सफल हुन नसकेपछि सर्तअनुसार दीपक र अरुणले पैसा फर्काएनन्। त्यो पैसा दुबईबाट मुख्य योजनाकार शमशुलले पठाइदिएको पनि खुल्यो। पछि, उक्त योजना र त्यससँग जोडिएका व्यक्तिको जानकारी दीपक र अरुणबाट फुत्किन सक्ने देखेर उनीहरुको हत्या गरिएको रहस्य प्रहरीले खोतलेरै छाड्यो।

हत्या अनुसन्धानका दौरान पक्राउ परेकाबाट यस्तो सूचना मिलेपछि प्रहरीले गिरीको खोजतलास सुरु गरेको थियो। सीमावर्ती गाउँ पर्साको बिजबनियाबाट पुस २५ मा दोहोरो मुठभेडपछि गिरीलाई खुट्टामा गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको थियो।

गिरी समातिएपछि समग्र सञ्जालबारे प्रहरीलाई थप जानकारी आएको हो। कानपुर घटनामा पनि यसै गिरोहको हात देखिएपछि थप गम्भीर देखिएको प्रहरी अन्त्यमा होदालाई नै पक्राउ गर्न सफल भएको हो।

यस्ताे छ सञ्जालः

ग्राफिक्सः टाइम्स नाव


 

More form the Internet

loading...