Suvadin, Home

Cover Image

न्यूजिल्याण्डको मस्जिदमा अन्धाधुन्ध गोली चल्यो

मस्जिदमा आज जुमेको नमाज थियो। त्यही बेला आक्रमण भएको हो। थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ।

काठमाडौं,१ चैत्र-न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ। मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा ‘धेरै हताहत’ भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्।

मस्जिदमा आज जुमेको नमाज थियो। त्यही बेला आक्रमण भएको हो। थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ।

न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन्।प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन्।

प्रहरी कमिश्नर माइक बुशका अनुसार एक आक्रमणकारी पक्राउ परेका छन्। उनका अनुसार घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भएनभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ।

प्रधानमन्त्री जेसिन्डाले भने आक्रमणमा आप्रवासी र शरणार्थीहरुको संलग्नता रहेको आशंका गर्दै उनीहरुलाई पक्राउ गर्ने संकेत दिएकी छन्।एजेन्सी


 

More form the Internet

loading...