Suvadin, Home
Nepal life 3.285M

हिमपातपछि हिउँसँगै रमाउँदै जुम्लाबासी 

हिमपात हुँदा अत्यधिक जाडो बढेको छ। यतिखेर नेपालकै सुन्दर र ठूलो ताल रारा घुम्न आउने पर्यटक हिउँसँगै रमाएका छन्। 

सिञ्जा, २३ पुस – जुम्ला जिल्लाभरि हिमपात हुँदा जुम्ली जनता खुशी भएका छन्। हिउँ आउँदा बालीनाली र स्याउखेतीमा परिवर्तन हुने भनेर उनीहरु दङ्ग छन्।

हिमपात हुँदा अत्यधिक जाडो बढेको छ। यतिखेर नेपालकै सुन्दर र ठूलो ताल रारा घुम्न आउने पर्यटक हिउँसँगै रमाएका छन्। 

रारा घुम्न आएका कोहलपुर मदनचोकका सुरेन्द्रबहादुर शाही रारा ताल आउँदा आफू भाग्यमानी भएको ठान्छन्।

आफ्नो यात्रा यतिखेर रमाइलो भएको बताउँदै उनले भने, “यात्राकै क्रममा हिउँ आउँदा सुनमा सुगन्ध भएको छ।” हिजो रातिदेखि परेको हिउँ अहिलेसम्म आउने क्रम जारी नै छ। 


 

More form the Internet

loading...