Suvadin, Home

हाम्राेमा राम्राे
बैतडीको रिठ्ठा

पहाडी जिल्ला बैतडी रिठ्ठाका लागि प्रख्यात छ। रिठ्ठा नेपालमा पाइने एक प्रकारको रुख हो। यसको रूख अग्लो हुन्छ। यसमा लाग्ने फल चिप्लो किसिमको हुन्छ। यो गाउँघरमा साबुनको रुपमा प्रयोग हुन्छ। बहुउपयोथी बनस्पती रिठ्ठालाई आयुवेर्दिक र औद्योगिक क्षेत्रमा महत्वका साथ हेरिन्छ ।
रिठ्ठा।

काठमाडाैं, असार १९–पहाडी जिल्ला बैतडी रिठ्ठाका लागि प्रख्यात छ। रिठ्ठा नेपालमा पाइने एक प्रकारको रुख हो। यसको रूख अग्लो हुन्छ। यसमा लाग्ने फल चिप्लो किसिमको हुन्छ। यो गाउँघरमा साबुनको रुपमा प्रयोग हुन्छ।

बहुउपयोथी बनस्पती रिठ्ठालाई आयुवेर्दिक र औद्योगिक क्षेत्रमा महत्वका साथ हेरिन्छ ।

रिठ्ठा ओसिलो, पानी नजम्ने तर चिस्यान भएका स्थानहरूमा हुर्कने गर्दछ। यो वनस्पति प्रत्येक वर्ष वैशाखदेखि असारसम्म फुल्छ र फलेर पहेँलो भई पाकेको दाना मङ्सिर पुसतिर संकलन गरिन्छ। यसको दानालाई ओखल वा ढुङ्गामा कुटेर पानीमा ढड्याइ निस्कने फिँज प्रयोग गरी लुगा धुने र नुहाउने काम गरिँदै आएको पाइन्छ। मानव इतिहासमा साबुनको विकास हुनुअघि लुगा धुन र नुहाउन रिठ्ठाको प्रयोग गरिँदै छ। 

बैतडीमा रिठ्ठाको साबुन उद्योग स्थापना भएको छ। साथै, त्यहाँ उत्पादित रिठ्ठा नेपालगञ्जसहित भारतीय बजारमा बिक्री हुने गरेको छ।
रिठ्ठाको फल पछिल्ला दिनहरूमा स्याम्पु, साबुन, कीटनाशक औषधि, डिटर्जेन्ट पाउडर बनाउन पनि प्रयोग गरिएको छ।
हाल स्वदेशी बजारमा पनि रिठ्ठाको प्रयोग क्रमशः बढ्दैछ। सुनचाँदी व्यवसायीहरूले धातुलाई चम्काउन रिठाको पाउडर प्रयोग गर्ने गर्छन्। फाट्टफुट्टरूपमा राजधानीका महिलाहरूले मेहेन्दीको लेप बनाउँदा यसको पाउडर प्रयोग गर्ने प्रचलन बढिरहेको छ। मेहेन्दीमा रिठाको पाउडर प्रयोग गर्दा कपाल फर्फराउँदो र सिल्की हुने हुँदा यसप्रति प्रयोगकर्ताहरू आकषिर्त हुन थालेका छन्।

यस आकर्षणलाई ध्यानमा राखी हालै स्वदेशी कम्पनीहरूले पनि यसलाई आकर्षक प्याकमा डिपार्टमेन्टल स्टोरहरूसम्म र्पुयाएका छन्। अत्यधिक विषादीको प्रयोग र कृत्रिम जीवनबाट वाक्क भइसकेको आधुनिक समाज यस्तै प्रकारका जैविक, प्राकृतिक र साइड इफेक्टयुक्त जडिबुटीहरूबाट निर्मित साबुन, स्याम्पु, पाउडर, जेल आदि वस्तु र अवस्थाका चीजहरूमा आकषिर्त हुँदै गएकाले आगामी दिनहरूमा यसको बजार अझ बढ्ने निश्चित नै छ।

हालसम्म यसको दानाभित्रको बीउ त्यतिकै खेर जाने गरेको छ। त्यसलाई पनि पेलेर तेल निकाल्ने प्रविधि हालै चिनले विकास गरेको जडिबुटी व्यवसायीहरूको तर्क छ। यदि यो प्रविधि अझ विकसित हुनसके आगामी वर्षदेखि भित्रको दाना पनि खेर फाल्नुपर्ने छैन।
 
 


 

More form the Internet

loading...