Suvadin, Home

Cover Image

पत्रकारको परिक्षा लिने कानुन बनाइयो भने कार्यान्वयनमा गाह्रो छ : सञ्चारमन्त्री

मिडिया काउन्सिलले पत्रकारहरुको परीक्षा लिन विषयमा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकारको परिक्षा लिने कानुन बनाउँदा कार्यान्वयनमा गाह्रो हुने बताएका छन् ।  

काठमाडौं । मिडिया काउन्सिलले पत्रकारहरुको परीक्षा लिन विषयमा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकारको परिक्षा लिने कानुन बनाउँदा कार्यान्वयनमा गाह्रो हुने बताएका छन् ।  

सोमबार राष्ट्रिय सभाको विधायन समितिमा भएको छलफलमा मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकमा त्यस्तो परीक्षाको प्रावधान राख्न नहुने बताएका हुन् ।

उनले परीक्षासम्बन्धी प्रावधान हटाउन मागसमेत गरेका थिए । तर, मन्त्री बाँस्कोटाको माग विपरीत समितिले पत्रकारको परीक्षा र लाइसेन्स सम्बन्धी प्रावधान राखेर प्रस्ताव पारित गरेको छ ।

हरेक दिन विभिन्न मिडियामा पत्रकारहरुको नियुक्ति भइरहने बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘मिडिया काउन्सिलले कुन–कुन दिन चलाउँछ परीक्षा ? एउटा त एकघण्टे डिपार्टमेन्ट नै राखिराख्नुपर्ने भो  यो देशले पनि थेग्न सक्दैन । यो झण्झटिलो हुन्छ । यो आवश्यकै छैन ।’


 


 

More form the Internet

loading...