Suvadin, Home

Cover Image

कोरोनाबाट चीनमा १०६ ले गुमाए ज्यान, संक्रमिणको डरलाग्दो रुप

चीनमा भेटिएको कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको  छ ।  चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका अनुसार चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५१५ जना सङ्क्रमित फेला परेका छन् । 

बेईजिङ। चीनमा भेटिएको कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको  छ । 

चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका अनुसार चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५१५ जना सङ्क्रमित फेला परेका छन् । 

स्वास्थ्य अधिकारीका अनुसार सङ्क्रमितमध्ये ९७६ जनाको अवस्था गम्भीर छ । गत २४ घण्टा यता ७६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी तीन हजार ८०६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ ।

सोमबार मात्र १ हजार ७७१ मा सो भाइरस भएको पुष्टि भएको र अरु २ हजार ७७ जना नयाँ संदिग्ध घटना पाइएको समाचारमा जनाइएको छ ।

सोमबार मात्र करिब ६० जना कोरोना भाइरसबाट सञ्चो भएर अस्पतालबाट घर फर्किएका अधिकारीहरुले बताएका छन् । यसअघि पनि यस रोगबाट सञ्चो भएर निको भएका १ हजार भन्दा बढी घर फर्किएका थिए ।

यी सबैलाई विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

चीन सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरूको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।

मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेशनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ ।


 

More form the Internet

loading...