Suvadin, Home

काष्ठमण्डप पुनःनिर्माणका लागि माटो र इँटा परीक्षण

आगामी भदौबाट शुरु गरिने पुनः निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि परीक्षण केन्द्रमा पठाउनाका साथै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिएका छन्। उनका अनुसार वि.सं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा पनि भइसकेको छ।

काठमाडौं, १४ असार – काष्ठमण्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ। 

आगामी भदौबाट शुरु गरिने पुनः निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि परीक्षण केन्द्रमा पठाउनाका साथै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिएका छन्। 

उनका अनुसार वि.सं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा पनि भइसकेको छ। क्षमा पूजा कुनै कार्य शुरु गर्नुपूर्व गरिने र निर्माणको अवधिभरि कुनै किसिमको समस्या नआओस् भनेर गरिने पूजा हो। 

परीक्षणमा पठाइएको माटो र इँटाको गुणस्तर मापनबाट आएको नतिजाअनुसार सामग्री सङ्कलन गरी पुनः निर्माण शुरु गरिने शाक्यले जानकारी दिएका छन्। अबको २० दिनमा परीक्षणको नतिजा आउने बताइएको छ। 

बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको र बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिइ एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको र त्यसैबाट मूर्तिविहीन मरुसतः बनाइएको र पछि यसैलाई काष्ठमण्डपको रुपमा चिनन थालोको हो। मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो। केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोज अनुसार यो सातौँ शताब्दीको भएको इतिहासकारले बताएका छन्। 

चार वर्षभित्र निर्माण कार्य सक्नेगरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको तयारी भएको छ। नेपालको राजधानी काठमाडौंको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ।


 

More form the Internet

loading...