Suvadin, Home

को हुन् डा. उपेन्द्र देवकोटा?

डाक्टर देवकोटा एशियाकै चर्चित न्यूरोसर्जन थिए। जो एक्लैले आफ्नो करियरको ३० वर्षको अवधिमा १८ हजार जनाको शल्यक्रिया गरेका थिए। उनले १० लाख बिरामीलाई जाँचिसकेका थिए। कयौंलाई जीवन दिएका थिए। गोरखाको अमरज्योति जनता मावि लुइँटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई, सधैँ अब्बल विद्यार्थी सावित भएर देखाएका थिए
देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गरिँदै।

काठमाडौं, ५ असार – वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा एशियामै विख्यात स्नायुरोग विशेषज्ञ चिकित्सक थिए। गोर्खा जिल्लामा जन्मेका डा. देवकोटाको २०७५ असार ४ गते राति न्यूरो अस्पताल काठमाडौंमा निधन भयो। उनको निधनले मुलुक स्तब्ध छ।

देवकोटा पित्तथैलीको क्यान्सरबाट पीडित थिए। झण्डै ६ महिनाअघि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका क्रममा बेलायतमा उनलाई उक्त रोग लागेको थाहा भएको थियो।

पित्तथैलीको क्यान्सरबाट पीडित ६५ वर्षीय देवकोटा उपचारका लागि बेलायत गएपनि डाक्टरहरुले निको नहुने भनेपछि उनी नेपालमा नै प्राण त्याग्ने भनेर फर्किएका थिए।

उनी आफैँले स्थापना गरेको अस्पतालमा उपचारत थिए। गत हप्ता मात्रै आफ्नो जन्मस्थान जाने इच्छा व्यक्त गरेपछि उनलाई हेलिकप्टरबाट गोरखा लगिएको थियो। डाक्टर देवकोटाका ३ छोरी र श्रीमती छन्।

डाक्टर देवकोटा एशियाकै चर्चित न्यूरोसर्जन थिए। जो एक्लैले आफ्नो करियरको ३० वर्षको अवधिमा १८ हजार जनाको शल्यक्रिया गरेका थिए। उनले १० लाख बिरामीलाई जाँचिसकेका थिए।

कयौंलाई जीवन दिएका थिए। गोरखाको अमरज्योति जनता मावि लुइँटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई, सधैँ अब्बल विद्यार्थी सावित भएर देखाएका थिए।

निकै मिहेनती र उच्चकोटीको प्राज्ञिक व्यक्तित्व डा. देवकोटाको कुशल नेतृत्वका कारण सीमित स्रोतका बीच पनि वीर अस्पतालमा न्यूरोसर्जरी विभागको स्थापना सम्भव भएको थियो।

अध्ययनपछि बेलायतमा नै न्यूरो सर्जरी शुरु गरेका देवकोटा स्वदेशमा नै काम गर्ने भन्दै नेपाल फर्केका थिए। वीर अस्पतालमा न्यूरो सर्जरी विभागको स्थापना एवं अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा रुपान्तरण गर्ने कामलाई उनको उल्लेख्य योगदानको रुपमा लिइन्छ।

पछि उनले बाँसबारीमा न्यूरो अस्पताल स्थापना गरेका थिए। डाक्टर देवकोटा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्री पनि बनेका थिए। डाक्टर देवकोटाको शवलाई श्रदाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि १ बजेसम्म न्यूरो अस्पताल बाँसबारीमा राखिएको थियो। त्यसपछि उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

उनको काजकिरिया ७ दिनमै सक्ने परिवारले जनाएको छ। उनलार्इ श्रद्धानजली दिन थुप्रै शुभचिन्तकहरू उपस्थित भएका थिए।


 

More form the Internet

loading...