Suvadin, Home

कोरोना कहर कम भएपछि फेरि रमाउन पाए स्पेनका बालबालिका

मड्रिड । अन्ततः स्पेनका बालबालिकाले खुला स्थानमा स्वास लिन पाएका छन् । विगत ६ हप्तादेखि घरमै सीमित भएका स्पेनका बालबालिका आइतबारदेखि घर बाहिर निस्कन पाएका हुन् केही बेरका लागि भए पनि ।

लगातार घरमै सीमित हुँदा अत्तालिएका बालबालिकाहरु बाहिर निस्कन पाउँदा अति उत्साहित देखिएको स्पेनका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउनसँगै बालबालिकाहरु घर बाहिर निस्कन पाएका थिएनन् । तर संक्रमण कम हुँदै गएपछि केही समयका लागि बाहिर निस्कन दिइएका हो ।

१४ वर्षमुनिका ६३ लाख बालबालिकालाई केही समय बाहिर निस्कन दिने गरी लकडाउन स्पेन सरकारले खुकुलो पारेको हो । अबदेखि हरेक दिन बालबालिकालाई बिहान ९ देखि राति ९ बजेको बिचमा एक घण्टा घरबाहिर निस्कन अनुमति दिइने छ ।

तर उनीहरु एक किलोमिटर भन्दा पर जान पाउने छैनन् । साइकल, स्केट तथा स्केटबोर्ड चलाउन अनुमति दिइएको छ । तर सर्वाजनिक पार्कहरु बन्द नै रहने छन् ।

मनोविमर्शकर्ताहरुले बालबालिकाका लागि दिइएको केही समयको छुट पनि उनीहरुको मानसिक स्वास्थ्यका लागि अति महत्वपूर्ण हुने भन्दै निर्णयको स्वागत गरेका छन् । लामो समय घरमै सीमित हुँदा विशेष गरी बालकालिकामा मनोसामाजिक प्रभाव परेको भन्दै चिन्ता व्यक्त गरिएको छ।


 

More form the Internet

loading...