Suvadin, Home

Cover Image

नेपाल भ्रष्टाचार हुने देशकाे सूचीमा परेकै दिन विशेष अदालतले गर्याे यस्ताे अादेश, हेर्नुहाेस् काे–काे पुगे जेल

नेपाल भ्रष्टाचार हुने देशकाे सूचीमा रहेकाे सार्वजनिक भएकै दिन विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ। 

काठमाडौं, फागुन १० – नेपाल भ्रष्टाचार हुने देशकाे सूचीमा रहेकाे सार्वजनिक भएकै दिन विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ। 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले आज निरौलालाई सात वर्ष कैद, रु ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई रु ५४ लाख ५९ हजार ७०० बिगो तिराउने फैसला गरेको छ। 

त्यसैगरी दासलाई छ वर्ष कैद, रु ५० लाख २९ हजार ५४ हजार जरिवाना र बोर्डलाई रु २४ लाख ३७ हजार ४१५ बिगो तिराउने तथा खनाललाई रु एक लाख ५४ हजार २२४ जरिवाना र सोही बराबरको रकम बोर्डलाई बिगो तिराउने फैसला गरिएको अदालतका प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिएका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीले रु एक अर्ब ३९ करोड ५० लाख ५३ हजार ७५० भ्रष्टाचार गरेको अभियोगमा निरौलासहित २३ जनाविरुद्ध विसं २०७१ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले भ्रष्टाचार अभियोग लागेका अन्य २० जनालाई सफाइ दिएको छ।


 

More form the Internet

loading...