Suvadin, Home

#SrijanaKatha
१६ बर्षकै उमेरमा जसले ब्याट्रीबाट चल्ने बाइक बनाए

 आफ्नो श्रृजना बारे बिवेक भन्छन्,– ‘यो मोटरसाइकल ब्याट्रीबाट चल्ने भएपछि यसले बातावरण मैत्री पनि छ।’ बाइक तीन घण्टा चार्ज गर्दा तराईमा ६० किमी गुड्न सक्ने तथा पहाडको उकालो ओरालो सडकमा भने ३० किलोमिटर गुड्नसक्ने उनको दाबी छ। 
बिवेकले बनाएकाे बाइक र बिवेक। तस्बिर साैजन्यः संगालाेखबर।

काठमाडाैं, अषाढ २१ - माध्यामिक शिक्षा परिक्षा (एसइई) दिएपछि धनकुटाका १६ बर्षेको विवेक श्रेष्ठ फुर्सदिला बने। विदाका बेला उनीजस्ता युवाहरूका विभिन्न याेजना हुन्छन्। कोही घुम्ने साेचमा हुन्छन् भने खेलेर समय बिताउने गर्छन्।

तर, विवेक भने यी सवैबाट टाढै रहदै श्रृजनात्मक काममा जुटे। विवेकको श्रृजनाको अहिले चौतर्फी चर्चा पाएकाे छ। विदाको समय सदूपयोग गर्दै उनले श्रृजना गरेको ब्याट्रीबाट चल्ने मोटरसाईकलका कारण अहिले उनकाे प्रतिभाकाे कदर हुन थालेकाे छ।  

छरछिमेक र आफन्तहरुले बाइक चलाएको देखेर पनि विवेकलाई पनि मोटरसाइकल सिक्न मन लागेछ। उनले मागेछन् तर जान्दैनस् भनेर कसैले दिएनछन्। कसैले मोटरसाइकल नदिएपछि उनको मोटरसाइकल सिक्ने धोको अधुरै रह्याे र अाफै माेटरसाइकल बनाइ चलाउने प्रण गरे। 

'विवेक बाल्यकाल देखि नै विभिन्न श्रृजनात्मक कार्यहरुमा संलग्न हुन्थ्यो' बुवा ओम श्रेष्ठ भन्छन्, 'यसअघि पनि उनले मिनी हाइड्रो पावर तथा डोजर लगायतका नमूना सामाग्री बनाएर विद्यालयबाट पुरस्कार भइसकेका छन्।' 

मोटरसाइकल बनाउने निर्णय लिइसकेपछि विवेक सामाग्री संकलनमा जुटे। मोटरसाइकलको कभरका लागी टीनको पाता, धारामा प्रयोग हुने फलामको पाइप तथा सीट तथा अन्य सिधा राख्न प्रयोग गरिने सामाग्रीमा काठको फ्लाक तथा रडहरु प्रयोग गर्ने निर्णय भयो। 

चक्काहरु, मोटर कन्ट्रोलर तथा ब्याट्री भने घरायसी समाग्रीबाट सम्भव थिएन्। त्यसको जोहो गर्न उनी इटहरी, बिराटनगर लगायतका बजार धाए। त्यसका लागि परिवारका सदस्यको सहयोग रह्यो। ‘सुरुमा छोराले बाइक बनाउला भन्ने हामीले सोचेका थिएनौ,’ बुवा श्रेष्ठ भन्छन्, ‘तरपनि हामीले उसलाई चाहिने सामाग्री खरिदमा सहयोग गर्यौ।’ 

घरायसी सामाग्री बाहेकका सामाग्रीहरु ल्याएपछि उनले त्यसमा चक्काहरु ल्याएर फिट गरे। मोटर कन्ट्रोलर तथा ब्याट्रीहरु जोडी जोडी स्कुटर हिसाबमा निर्माण गरे। मोटरसाइकल निर्माण प्रश्चात बुवाले आमा बुवालाई मोटर साइकलमा राखी चलाएपछि अहिले उनका अभिभावक निकै खुशी छन्। 

आफ्नो श्रृजना बारे बिवेक भन्छन्,– ‘यो मोटरसाइकल ब्याट्रीबाट चल्ने भएपछि यसले बातावरण मैत्री पनि छ।’ बाइक तीन घण्टा चार्ज गर्दा तराईमा ६० किमी गुड्न सक्ने तथा पहाडको उकालो ओरालो सडकमा भने ३० किलोमिटर गुड्नसक्ने उनको दाबी छ। 

यहाँ क्लिक गरि भिडियाे हेर्नुहाेस
 


 

More form the Internet

loading...