Suvadin, Home

३ दिनसम्म देशभरको मौसममा बदली 

महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भेगहरुमा आंशिक बदली हुने छ। पूर्वी र मध्य पहाडी भेगका केही स्थानमा हल्का वर्षासमेत हुनसक्ने महाशाखाको प्रक्षेपण छ।
file-photo

काठमाडौं,१५ माघ-देशभरको मौसममा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, अबको ३ दिन देशभरको मौसममा बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भेगहरुमा आंशिक बदली हुने छ। पूर्वी र मध्य पहाडी भेगका केही स्थानमा हल्का वर्षासमेत हुनसक्ने महाशाखाको प्रक्षेपण छ।

मौसमविद गंगा नगरकोटीले भनिन्, ‘पूर्व र मध्यको आइसोलेटेड ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । भोलि सुदूरपश्चिम क्षेत्रमा पानी पर्न सक्छ।’

महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएअनुसार मंगलबारजस्तै बुधबार पनि मौसम धुम्म रहने छ। बुधबार दिउँसो र राति पनि देशका पश्चिमी र मध्य क्षेत्रलगायत पूर्वी पहाडी भागमा आंशिक बदली यथावत रहनेछ।

बुधबार पश्चिमी पहाडी भेगका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।बिहीबार देशका केही स्थानमा हल्का वर्षासँगै हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


 

More form the Internet

loading...