Suvadin, Home

Cover Image

सुदूरपश्‍चिममा फेरि हावाहुरी, सतर्क रहन आग्रह

काठमाडौं । सुदूरपश्‍चिममा फेरि हावाहुरी चलेको छ । 

नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाले ट्विट गर्दै पश्चिमी वायुको प्रणाली सुदूरपश्चिम नेपालबाट प्रवेश गरेको छ । यो प्रणालीले हावाहुरीसहित मेघ गर्जन गराउने र मध्यमखालाको वर्षा गराउने उल्लेख गरेको छ । 

अहिले सुदूरपश्चिममा हावाहुरी चलिरहेको र हल्का वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्‍नेतले जानकारी दिए । 

यसअघि २३ जेठमा आएको हावाहुरीले ठूलो धनजनको क्षति गरेको थियो । जसमा दुई जनाको ज्यान जानुका साथै एक सय बढी घाइते भएका थिए । त्यहाँ हावहुरीले रुखढलेर विद्युतका पोलहरु खस्दा विद्युत अवरुद्ध भएको छ । आजसम्म पनि ग्रामिण क्षेत्रमा विद्युत सेवा सुचारु हुन सकेको छैन । 

हुरीले घरबारबिहीन बनाएको तर सरकारले वास्ता नगरेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । 


 

More form the Internet

loading...