Suvadin, Home

 टर्कीमा शक्तिशाली भूकम्प : १५ जनाको मृत्यु, ५०० बढी घाइते

इस्तानबुल । टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ५०० भन्दा मानिसहरु घाइते भएका छन् । 

टर्कीको इलाजिग प्रान्तको सिभरिस सहरमा शुक्रबार साँझ (स्थानीय समय) ६ दशमलव ७ म्याग्‍निच्‍युडको भूकम्प गएको थियो । प्रारम्भिक रिपोर्टका अनुसार करिब ४० सेकेण्डसम्म जमिन हल्लिएको थियो । 

उक्त भूकम्पमा परी १० वटा बिल्डिङहरु भत्किएको टर्किश गृहमन्त्री सुलीमाम सोल्युले जानकारी दिएका छन् । 

उनका अनुसार इलाजिग प्रान्तमा १० जनाको मृत्यु भएको छ भने पाँच जनाको मालात्या प्रान्तमा मृत्यु भएको छ । 

टर्किको आईएचए ब्रोडकास्टिङ सर्भिसका अनुसार आपतकालिन उद्धार टोलीले घाइतेको उपचारका लागि लगेको थियो । भवनहरुमा पुरिएर ३० जना अझै बेपत्ता छन् । 

उनीहरुको खोजी र उद्धार कार्य भइरहेको जनाइएको छ । विपद् तथा आपतकाल व्यवस्थापनका प्रमुखका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।  - सीएनएन


 

More form the Internet

loading...