Suvadin, Home

चर्काे घाममा उभियर स्कुले विद्यार्थी ट्राफिक स्वयमसेवामा

काठमाडौँ उपत्यकामा अत्याधिक रुपमा रहेको सवारीसाधन व्यवस्थापनमा ट्राफिक जनशक्ति कम हुँदा महाशाखामा आएर विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी स्वयम्सेवा गर्ने कार्य गरिरहेका छन् । गोल्डेनगेट कलेजमा स्नातक पढ्दै आएका एरीक बस्नेत आफू दैनिक तीन घन्टा स्वयम्सेवामा खटिने गरेको बताए । उनले भने, “समाजसेवा विषयको अध्ययन गरेपछि समाजसेवा त गर्नुप¥यो तर काम गर्न ट्राफिकलाई एकदमै अप्ठयारो हुँदो रहेछ।” 
ट्राफिक प्रहरी। फाइल तस्बिर।

काठमाडौँ, ११ जेठ - चर्को घाममा जोकोहीलाई सडकमा उभिएर काम गर्न गाह्रो हुन्छ तर ट्राफिक स्वयम्सेवामा विभिन्न विद्यालयका विद्यार्थी बाटोमा खटिएर काम गरिरहेका छन्। 

काठमाडौँ उपत्यकामा अत्याधिक रुपमा रहेको सवारीसाधन व्यवस्थापनमा ट्राफिक जनशक्ति कम हुँदा महाशाखामा आएर विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी स्वयम्सेवा गर्ने कार्य गरिरहेका छन् । 

गोल्डेनगेट कलेजमा स्नातक पढ्दै आएका एरीक बस्नेत आफू दैनिक तीन घन्टा स्वयम्सेवामा खटिने गरेको बताए । उनले भने, “समाजसेवा विषयको अध्ययन गरेपछि समाजसेवा त गर्नुप¥यो तर काम गर्न ट्राफिकलाई एकदमै अप्ठयारो हुँदो रहेछ।” 

यस्तै गोल्डेनगेट कलेजकै अर्की विद्यार्थी रक्षा रिजाल स्वयम्सेवा गर्न आउँदा पैदलयात्रु र सवारी चालकले नटेर्ने गरेको बताए। उनले भनिन्, “कतिपय चालक तथा पैदलयात्रुले विद्यार्थी स्वयम्सेवक त हुन् नि भनेर टेर्दैनन्।” 

पछिल्लो समय ट्राफिक सेवा गर्ने स्कुले विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा ट्राफिक सेवा गर्नेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिएको हो । कतिपय समाजसेवा पढाउने कलेजले त प्राक्टिकल भन्दै १५२ घन्टा स्वयम्सेवा गर्न विद्यार्थी खटाउने गरेका छन् । यसरी खटाउने कलेज तथा स्कुलमा जोसेफ, सेन्ट जेभियर्स, लिङ्कन, गोल्डेनगेट, ओरियन्ट, मोर्गन, ब्रिलियन्ट, बानेश्वरलगायत रहेका छन् । 

आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार ५०० विद्यार्थीले स्वयम्सेवा गरेको महाशाखाका प्रहरी निरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिए। उनले भने, “एकातिर ट्राफिक जनशक्ति कम र अर्कोतिर सवारीसाधन धेरै हुँदा ट्राफिक व्यवस्थापनमा स्वयम्सेवा गर्नेको सङ्ख्या बढेको छ ।” 

यातायात व्यवस्था विभागले दिएको जानकारीअनुसार हाल उपत्यकामा ११ लाख हाराहारीमा सवारीसाधन रहेको छ । उक्त सवारीसाधनको व्यवस्थापनका लागि अहिले महाशाखाअन्र्तगत एक हजार ३०० हाराहारीको जनशक्तिले व्यवस्थापन गर्र्दै आएको छ । 

ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि नेपाल स्काउट, स्कुल तथा कलेजका विद्यार्थी र विभिन्न गैरसरकारी संस्थाले ट्राफिकसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउँदै आएको महाशाखाले जनाएको छ। रासस 


 

More form the Internet

loading...