Suvadin, Home

 शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु, तीन शिक्षक पक्राउ

कञ्‍चनपुर । कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते भएका एक विद्यार्थीको उपचारका क्रममा ज्यान गएको छ । शिक्षकको कुटाइबाट घाइते भएका भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको गएराति उपचारका क्रममा मृत्यु भएको हो । 

यही असार १३ गते कलौनीलाई शिक्षकहरुले कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) जनक पाण्डेले उपचारका क्रममा भारतको बरेलीमा विद्यार्थीको मृत्यु भएको खबर आएको बताए । पाण्डेले भने, ‘‘अहिलेसम्म किटानी जाहेरी आइसकेको छैन । पोष्टमार्टमको रिपोर्ट आएपछि थप केही खुल्छ होला । अनुसन्धानका लागि तीनजना शिक्षकलाई भने नियन्त्रणमा लिएका छौं ।’’

मृतकका आफन्तले शिक्षककै कुटाइबाट मृत्यु भएको दाबी गरेका छन् । कलौनीको यसअघि डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पतालमा उपचार भएको थियो । नेपालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि भारतको बरेली राममुर्ती अस्पतालमा लगिएको थियो । विद्यालय बाहिर साथीभाइसँग झगडाको विषयलाई लिएर विद्यालयका शिक्षकले निर्घात कुटपिट गरेको पीडितका आफन्तले आरोप लगाउँदै आएका छन् ।

यता, कञ्चनपुरका विभिन्न विद्यार्थी संगठनले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । नेविसंघ, अनेरास्वियू, अखिल क्रान्तिकारी र अखिल छैटौंले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका हु


 

More form the Internet

loading...