Suvadin, Home

नगरपालिकाले खेतीपाती र डेरी सञ्चालनका लागि अनुदान दिने

सहकारी खेतीअन्तर्गत कुखुरापालनका लागि रु ५ लाख ९० हजार, डेरी उद्योगका लागि रु १ लाखदेखि रु ३ लाखसम्म, मासु पसल सुधारका लागि १० जनाले प्रतिव्यक्ति रु ४५ हजारका दरले तथा गाईभैँसीको गोठ सुधारका लागि ६ जनालाई रु १ लाखका दरले अनुदान दिने तयारी गरेकाे छ।
डेरी प्रोडक्ट सांकेतिक तस्वीर।

कञ्चनपुर, १४ पुस – सहकारीमा आधारित खेती गर्न र डेरी सञ्चालन गर्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनुदान रकम प्रदान गर्ने भएकाे छ। नगरपालिकाले सहकारी र पशुपालनमा किसानलार्इ टेवा पुर्याउन अनुदान दिने तयारी गरेको हो। 

नगरपालिकाको पशु विकास शाखाले पशुपालनमा आबद्ध किसानलाई अनुदान दिनका लागि सार्वजनिक सूचना प्रकाशन गरी किसानबाट आवेदन संकलन गरेको छ।

पशु विकास शाखाका प्रमुख हरदेव भट्टले यस वर्ष मासु पसल, गाई – भैँसीको गोठ सुधार, सहकारी खेती र डेरी उद्योग सञ्चालनलगायत शीर्षकमा किसानलाई अनुदान दिन लागेकाे जानकारी दिएकाे छ। 

भट्टले भने – 'सूचना प्रकाशन गरी आवेदन संकलन गरेका छौँ, ती आवेदनबाट अनुदान पाउने किसानलाई छनोट गरिने छ।' सहकारी खेती र डेरी उद्योगमा सबैभन्दा बढी अनुदान दिइने भएको छ।

सहकारी खेतीअन्तर्गत कुखुरापालनका लागि रु ५ लाख ९० हजार, डेरी उद्योगका लागि रु १ लाखदेखि रु ३ लाखसम्म, मासु पसल सुधारका लागि १० जनाले प्रतिव्यक्ति रु ४५ हजारका दरले तथा गाईभैँसीको गोठ सुधारका लागि ६ जनालाई रु १ लाखका दरले अनुदान दिने तयारी गरेकाे छ।


 

More form the Internet

loading...