Suvadin, Home

ब्राण्ड बन्दै सुदामाको 'मकवानपुरे ढिँडो'

स्थानीय खोलाका माछा, स्वादिष्ट गोलभेँंडाको अचार, भटमासको अचार र सागसँग तात्तातो ढिँडो चोपेर खान मकवानपुरका मात्रै होइन अन्य जिल्लाका ढिँडो पारखीसमेत यहाँ पुग्ने गरेका छन्। रु एक सय ५० मा माछा र ढिँडोको स्वाद थपिथपि खान पाइन्छ। 'सिडियोदेखि मन्त्री, सांसद, कलाकारलगायत ढिंँडो खान आउनुहुन्छ,' पुडासैनीले भने।
सुदामा पुडासैनी । तस्वीरः नारायण ढुंगाना

मकवानपुर, माघ २५ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँंडास्थित राप्ती खोला पुलको मुखमैछ सुदामा पुडासैनीको ढिंँडो पसल छ। राप्ती किनारको सिमलटार गाउँमा उनले ढिंँडो बेच्न थालेको झण्डै ६ वर्ष भयो। 

अहिले उनकाे ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ। ढिँडो पकाउँदा सँधै एप्रोन प्रयोग गर्ने पुडाशैनी हट्टाकट्टा छन्। श्रीमती सविना र दुईजना सहयोगी दिनभर सुदामासँगै खटिन्छन्। उनकोमा ढिँडो खानेको लाइन नै लाग्छ। 

स्थानीय खोलाका माछा, स्वादिष्ट गोलभेँंडाको अचार, भटमासको अचार र सागसँग तात्तातो ढिँडो चोपेर खान मकवानपुरका मात्रै होइन अन्य जिल्लाका ढिँडो पारखीसमेत यहाँ पुग्ने गरेका छन्। रु एक सय ५० मा माछा र ढिँडोको स्वाद थपिथपि खान पाइन्छ। 

'सिडियोदेखि मन्त्री, सांसद, कलाकारलगायत ढिंँडो खान आउनुहुन्छ,' पुडासैनीले भने। चैत २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चायत’को निर्माण समूह मंगलबार यहाँ ढिँडोको स्वादमा रमायो। सुदामाको मकवानपुरे ढिँडो एउटा ब्राण्ड जस्तै बनेको छ। 

हेटाैँडा उपमहानगरपालिका–१ राप्ती खोलाको किनारमै छ ढिंँडो पसल। ऐलानी एक कठ्ठा जग्गामा ६ वर्षदेखि पुडासैनीले ढिँडो बनाएर बेच्दै आउएका छन्। उनले गाडी चलाउन छाडेर ढिंँडो बेच्न थालेका छन्। साउदी गएर दुई वर्ष गाडी चलाएको पनि उनीसँग अनुभव छ। 'परिवासँग बसेर पेशा गर्न पाइएको छ, आम्दानी पनि राम्रै छ,' उनले भने। 

पुडासैनीले मासिक एक लाख ५० हजारदेखि दुई लाख रूपैयाँसम्म आम्दानी गर्छन्। पहिला रु ५५ मा ढिँडो बिक्थ्यो। त्यो बेला माछा प्रतिकिलो रु १८० मा पाइन्थ्यो। अहिले त्यही माछा प्रतिकिलो रु ६०० मा पाइन्छ। 'पहिले गाउँमा ढिंँडो खाने चलन थियो, अहिले त्यो चलन घट्दै गएको छ, अहिले शहरमा ढिँडोमा आकर्षण बढ्दै गएको छ,' उनले भने।

वडाले सिफारिस नदिएका कारण पुडासैनीले पसल दर्ता गर्न पाएका छैनन्। उनको पसल ऐलानी जग्गामा रहेको छ। 'कर तिर्छु भनेर दर्ता गर्न खोज्दा दिएन,' उनले भने। उनी सिमलटार टोल विकास संस्थामा आवद्ध छन्। सो टोलमा एक हजार १०० घरधुरी रहेको छ।


 

More form the Internet

loading...