Suvadin, Home

बैंकिङ कसुरका ‘डन’ सुधीर बस्नेत घरैबाट पक्राउ

बैंकिङ कसुरमा सर्वोच्च अदालतबाट दुई वर्ष सजाय सुनाइएका फरार अभियुक्त सुधीर बस्नेत मंगलबार राति पक्राउ परेका छन्। लामो समय भूमिगत रहँदै आएका बैंकिङ कसुरका ‘डन’ बस्नेतलाई महानगरीय प्रहरी परिसर र फैसला कार्यान्वयन इकाईको संयुक्त टोलीले धापासीस्थित घरैबाट राति ११ बजे पक्राउ गरेको हो। 
सुधीर बस्नेत।

काठमाडौं, पुस १३


बैंकिङ कसुरमा सर्वोच्च अदालतबाट दुई वर्ष सजाय सुनाइएका फरार अभियुक्त सुधीर बस्नेत मंगलबार राति पक्राउ परेका छन्। 

लामो समय भूमिगत रहँदै आएका बैंकिङ कसुरका ‘डन’ बस्नेतलाई महानगरीय प्रहरी परिसर र फैसला कार्यान्वयन इकाईको संयुक्त टोलीले धापासीस्थित घरैबाट राति ११ बजे पक्राउ गरेको हो। 

महानगरीय प्रहरीका निमिक्त प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार उनलाई बुधबारै कारागार चलान गरिँदै छ। 

भारत, राजधानी तथा जिल्लामा लुकिछिपी बस्दै आएका बस्नेत मंगलबार साँझ नै घर आइपुगेका थिए। केही समयदेखि उनको पछाडि रहेको प्रहरीले घरमा आइपुगेको मौकामा समातेको हो। 

‘हामी केही समयदेखि उनको खोजीमा लागेका थियौं, घरमा आइपुगेको मौकामा पक्राउ गर्न सक्यौं,’ प्रहरी उपरीक्षक कार्कीले शुभदिनसँग भने, ‘आज कारगार चलान गर्दैछौं।’ 

हाउजिङ व्यवसायका लागि भन्दै सर्वसाधारण नागरिकसँग करोडौं रकम लिएको आरोप उनीमाथि लागेको थियो। उनले बैंकहरूबाट ऋण लिई नतिरेको आरोप छ। उनले सर्वसाधारणबाट १ अर्ब ६० करोड रकम उठाएर फरार भएको आरोप छ।

प्रहरीका अनुसार उनले विभिन्न बैंकहरूबाट ७० करोड रुपैयाँ ऋण लिएर नतिरेको आरोप छ। 
 


 

More form the Internet

loading...