सुदीप ४ दिनदेखि बेपत्ता, खोजीका लागी परिवारको अाग्रह (कृपया शेयर गरेर मद्दत गरिदिनु होला)

काठमाडाैं, कात्तिक २९ – भरतपुर कालिका नगरपालीका ६ निवास सुदीप साप्कोटा गत कात्तिक २६ गतेबाट बेपत्ता भएका छन्।
कात्तिक २६ गते २४ वर्षीया सुदीप अस्ट्रेलिया जानका लागि लत्ताकपडा किनमेल गर्न नारायणगढ बजार गएका थिए। नारायणगढ बजार गएर घर फर्किने बेला भरतपुर वीरेन्द्र क्यामपसबाट भोजाढ हुदै खोलेसिमल जाने क्रममा उनी हाल सम्म घर नफर्केको उनका दार्इ जनक साप्कोटाले बताएका छन्।
सुदीप हालसम्म पनि सम्पर्कमा अाएका छैनन्। उनी अस्ट्रेलिया पनि नपुगेको परिवारले बताएको छ। उनी कहाँ कस्तो हालतमा छन् भन्ने थाहा नपाउदा परिवार चिन्तित बनेका छन्।
उनको खोजी कार्य तीव्र बनाए पनि हाल सम्म उनको बारेमा केही जानकारी प्राप्त भएको छैन। उनलार्इ भेट्नु वा देख्नुहुने महानुभावले नजिकैकाे प्रहरी कार्यालयमा वा उमेश साप्कोटा सम्पर्क नं. ९८४५२३९९६३ अथवा गंगा प्रसाद साप्कोटा सम्पर्क नं. ९८४५२१८१८२ मा खबर गरिदिन अनुराेध गरेका छन्। तपार्इको सानो सहयोगले कसैको लागी ठूलो मद्दत पुग्न सक्छ।