Suvadin, Home

Cover Image

शुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग

कोरोना भाइरस संक्रमण परिक्षणका लागि आवश्यक पर्ने सामग्री खरिदमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवशायी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ ।  

काठमाडौं । कोरोना भाइरस संक्रमण परिक्षणका लागि आवश्यक पर्ने सामग्री खरिदमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका चर्चित व्यवशायी सुलभ अग्रवालसँग २५ लाख ५० हजार धरौटी मागिएको छ ।  

काठमाडौं जिल्ला अदालतका न्यायाधिश ब्रजेश प्याकुरेलको एकल इजलासले अग्रवालसँग २५ लाख ५० हजार  धरौटी मागेको हो । 

चीनबाट ल्याएको मेडिकल सामग्रीलाई अग्रवालले महँगो मुल्य बेचेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले तीन साताअघि उनलाई पक्राउ गरेको थियो ।

४/५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर अग्रवालले बिक्री गरेको महाशाखाको आरोप छ ।


 

More form the Internet

loading...