Suvadin, Home

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सर्वोच्‍चले आदेश दिएको छ । सर्वोच्‍चले निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको हो ।

काठमाडौं । बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सर्वोच्‍चले आदेश दिएको छ । सर्वोच्‍चले निर्माण कार्य यथास्थितिमा राख्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको हो ।

निजगढ विमानस्थलविरुद्ध परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले उक्त आदेश दिएको हो । 

सर्वोच्चले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ ।

निजगढ वन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले रिट दर्ता गरेका थिए ।


 

More form the Internet

loading...