Suvadin, Home

कर्तव्य परायण उद्घाेषक
सुप्रितः जस्ले पढिन् अाफ्नै पतिको मृत्युको खबर 

भारत छत्तिसगढको रायपुरस्थित एक निजी टिभी च्यानलकी प्रस्ताेता सुप्रित कौरको हौसलालाई धेरैले सलाम गरिरहेका छन्। आइबिसी २४ न्यूज च्यानलकी उद्घाेषक सुप्रित शनिबार लाइभमा थिइन्। जसमा उनले आफ्नै पतिको सडक दुर्घटनामा मृत्यु भएको खबर पढिन्। छत्तिसगढका मुख्यमन्त्री डा. रमन सिंहले ट्वीट गरेका छन्, ‘सुप्रितको कामप्रतिको समर्पणलाई सलाम। जसले आफ्नै पतिको मृत्युको खबर पढेर पेशागत इमान्दारिता, निष्ठा र बहादुरी देखाइन्।’
समाचार प्रस्ताेता सुप्रित कौर।

काठमाडौं, चैत २७ – भारत छत्तिसगढको रायपुरस्थित एक निजी टिभी च्यानलकी प्रस्ताेता सुप्रित कौरको हौसलालाई धेरैले सलाम गरिरहेका छन्। आइबिसी २४ न्यूज च्यानलकी उद्घाेषक सुप्रित शनिबार लाइभमा थिइन्। जसमा उनले आफ्नै पतिको सडक दुर्घटनामा मृत्यु भएको खबर पढिन्।

छत्तिसगढका मुख्यमन्त्री डा. रमन सिंहले ट्वीट गरेका छन्, ‘सुप्रितको कामप्रतिको समर्पणलाई सलाम। जसले आफ्नै पतिको मृत्युको खबर पढेर पेशागत इमान्दारिता, निष्ठा र बहादुरी देखाइन्।’

उनी बिहानको बुलेटिन पढिरहेकी थिइन्। अचानक ब्रेकिङ समाचार आयो। महासमुद्र जिल्लाको पिथौरास्थित राष्ट्रिय राजमार्ग ३५३ को लहरौद नजिक सडक दुर्घटना भयो। जसमा ३ जनाको घटनास्थलमै ज्यान गयो।
च्यानलका सम्वाददाता समाचार प्रस्ताेता सुप्रितलाई घटनाको विस्तृत विवरण दिए। त्यो विवरण सुनेपछि उनलाई शंका लाग्यो,‘कतै आफ्नै मानिस त परेनन्।’

तर, उनले हिम्मत हारिनन्। पेशागत धर्म निर्वाह गरिन्। अफ एयर भएपछि घटनाको विस्तृत विवरण लिइन्। मृत्यु भएका मानिस कुनै अपरिचित थिएनन्। उनका आफ्नै पति थिए। 

जोसँग एक वर्षअघि मात्रै सँगै जीवन बिताउने कसम खाएर विवाह गरेकी थिइन्। रिर्पोटरले भनेका थिए, ‘घटना डस्टर गाडीमा बसेका मानिसको भएको हो, मृतक भिलाई जिल्लाका बासिन्दा हुन्, र परिवारजनलाई खबर गरिएको छ।’

रिर्पोटरको यो जानकारीबाट सुप्रितलाई घटनामा मृत्यु हुने आफ्नै मानिस भएको भान भइसकेको थियो। तर, उनले समाचार रोकिनन्। उनको हौसलाको सोसल मिडियाहरुमा व्यापक चर्चा भइरहेको छ।

पत्रकार अमिताभ श्रीवास्तवले लेखेका छन्, ‘पत्रकारहरुलाई गाली मात्रै गर्नेहरूले महिला एंकर सुप्रित कौरको कथाबाट सायद केही शिक्षा लिउन्। जसले पेशागत जिम्मेवारीको मिसाल कायम गरिन्।’


 

More form the Internet

loading...