Suvadin, Home
Nepal life 2.601M

बक्यौता रकम नतिरेपछि सौर्य एयरलाइन्सको नियमित उडान बन्द

 ‘एयरलाइन्सले माघदेखि ताकेता गर्दा अहिलेसम्म १ करोड ७० लाख रुपैयाँ तिरेको छ। अब तिर्न बाँकी झन्डै तीन करोड छ। रकम तिर्दा पनि एयरलाइन्स अति नै न्यून रकमका दरले चुक्ता गर्दा समस्या आएको छ’, उनले भने।

काठमाडौं, २० मंसिर - सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई ३ करोडभन्दा बढी बक्यौता नतिरेपछि उडान बन्द भएको छ।

बारम्बार बक्यौता तिर्न समय दिए पनि रकम भुक्तानी नगरेपछि निजी हवाई सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सको नियमित उडान बन्द गराएको कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।

उनका अनुसार एयरलाइन्सले सोमबार भित्र केही बक्यौता चुक्ता गर्ने जनाएको छ।  एयरलाइन्सले बक्यौता चुक्ता नगरेसम्म उडान हुन नदिने उनको भनाइ छ।

 ‘एयरलाइन्सले माघदेखि ताकेता गर्दा अहिलेसम्म १ करोड ७० लाख रुपैयाँ तिरेको छ। अब तिर्न बाँकी झन्डै तीन करोड छ। रकम तिर्दा पनि एयरलाइन्स अति नै न्यून रकमका दरले चुक्ता गर्दा समस्या आएको छ’, उनले भने।

दीपक पोखरेलको स्वामित्वमा रहँदा नै सौर्य एयरलाइन्सले विमानस्थल कार्यालयलाई झन्डै ३ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने अवस्था थियो। तर, आर्थिक संकट बढ्दै गएपछि पोखरेलले एयरलाइन्स ६१ करोडमा बिक्री गरेका थिए।

खरिद गर्दा एयरलाइन्सले विमानस्थल कार्यालयलाई बाँकी रहेको रकम तिर्ने सहमति भएको थियो। तर, नयाँ व्यवस्थापनले एयरलाइन्स कम्पनी खरिद गरेर नियमित उडान सुरु गरेको तीन महिना हुँदा पनि बक्यौता चुक्ता गरेको छैन।

साउनको अन्तिम साता व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको थियो।
 


 

More form the Internet

loading...