Suvadin, Home

वडा सदस्यमा विजयी भएपछि छाेराकाे नाम चुनाव चिह्नबाट

सुन्दा धेरैलाई अच्चम लाग्न सक्छ। छोराछोरीको नाम पनि चुनाव चिन्हबाट हुन्छ र? यस्तै जिज्ञासा तपार्इकाे मनमा पनि हुन सक्छ। तर, मोरङको बेलबारी नगरपालिका–७ बाट चुनाव जितेकी कान्छी जनप्रतिनिधि (बेलबारीमा कान्छी) सुनिता चौधरीले चुनाव चिन्हबाट छोराको नाम जुराएकी छन्। 
वडा सदस्य सुनिता चाैधरी।

काठमाडौं, साउन ११– सुन्दा धेरैलाई अच्चम लाग्न सक्छ। छोराछोरीको नाम पनि चुनाव चिह्नबाट हुन्छ र? यस्तै जिज्ञासा तपार्इकाे मनमा पनि हुन सक्छ।

तर, मोरङको बेलबारी नगरपालिका–७ बाट चुनाव जितेकी कान्छी जनप्रतिनिधि (बेलबारीमा कान्छी) सुनिता चौधरीले चुनाव चिह्नबाट छोराको नाम जुराएकी छन्। 

बेलबारी नगरपालिकाकी कान्छी जनप्रतिनीधि भनेर चर्चा कमाएकी सुनिताले यतिबेला भने छोराको नाम चुनाव चिन्हबाट राखेपछि त्यो भन्दा बढी चर्चा कमाएकी छन्। सुनिताले केही दिन अघि जन्म दिएको छोराको नाम टिपन हेराएर सुर्यकिरण चौधरी जुराएकी छन्। 

बेलवारी नगरपालिका वडा नम्वर ७ मा नेकपा एमालेबाट वडा सदस्यमा चुनाव जितेकी थिइन्। चुनाव जित्नु भन्दा पहिले नै नाम सोचेको थिएन,उनले भनिन्–चुनाव जितिसकेपछि मात्रै मैले छोराको नाम साचेकी हुँ।’ नाम के राख्ने भन्ने सोचेकी त थिए, तर चुनाव जितिसकेपछि भने फरक सोच आयो, उनले भनिन्–‘यो चिह्न मेरो लागि फापेरै आएको रैछ, त्यही भएर छोरोको नाम पनि चुनाव चिन्हबाट नै राखे।’ 

यो नाम मैले मात्रै जुराएको होइन, उनले भनिन्–‘पार्टीका कार्यकर्ताको साथ पाएर राखेकी हुँ।’ उनले छोरालाई जन्म दिएको ८ दिन मात्रै भएको छ। अहिले विराटनगरको नोबेल अस्पतालमा भर्ना भएकी छन्। त्यही कारणले उनले पहिलो नगर कार्यापालिकामा समेत उपस्थिती जनाउन सकेकी छैनन्। 

परिवार नै नेकपा एमालेको बिचारसँग आबद्ध भएका कारण पारिवारीक माहोल वाटै राजनीतिमा आएकी उनले एक बर्षअघिबाट मात्र पार्टीको सदस्यता लिएकी थिइन्। सुनितालाई राजनीतिमा छिरेको ढेड वर्ष मात्रै भएको छ। आफ्नो वडामा बाटोघाटो निर्माण, विजुली, महिलाहरुको जिवनस्तर सुधारका कार्यक्रम ल्याउनका लागि पहल गर्ने उनले बताएकी छन्। 

सुनिता बेलबारीमा चुनाव जित्ने मध्येवाट कान्छी जनप्रतिनिधि समेत हुन् । २०५० सालमा उनको जन्म भएको हो। सुनिताले कक्षा ११ सम्म अध्यायन गरेकी छन्। अध्ययनकै क्रममा २०६९ सालमा शिक्षण पेशामा आबद्ध प्रेमलाल चौधरीसँग बैवाहित बन्धनमा बाधिएकी थिइन्।  अहिले उनी दुई सन्तानकी आमा बनेकी छन्। 


 


 

More form the Internet

loading...