Suvadin, Home

अस्पतालभित्रै एक महिलाले गरिन् आत्महत्या

राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन्। वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचाै तलामा उपचार गराइरहेकी बाग्लुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको भ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन्।

काठमाडौं, चैत २४- राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन्। 

 

वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचाै तलामा उपचार गराइरहेकी बाग्लुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको भ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन्। पोखराको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि घर्तीलाई यही चैत ६ गते ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको थियो । 

महानगरीय प्रहरी वृत्त न्युरोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बिरामी करूवा निदाएको अवस्था पारेर घर्तीले झ्यालमा पासो लगाएर आत्महत्या गरेको बताए। रासस 
 


 

More form the Internet

loading...