Suvadin, Home

शुभदिन म्युजियम
काेतपर्व (भाग ३)

गगनसिंहकाे बढ्दाे सक्रियता राजेन्द्र र फत्यजंगका लागि चुनाैती थियाे। अाश्चार्यचकित ढंगबाट विसं १९०३ आश्विन ९ को राति आफ्नै घरमा पूजा गरिरहेका बेला गगनसिंहकाे हत्या भयो। गगनसिंहको हत्याका विषयमा विभिन्न शंकाउपशंका हुन थाले। इतिहासकारहरू यस सन्दर्भमा दुइ कित्तामा बाढिएका छन्। एकथरी इतिहासकारहरूले कसैले राजा र मुख्तियारको मिलेमतोमा लाल झा नामका कुख्यात व्यक्तिले उनको हत्या गरेको भन्नेमा अाफ्नाे मत राखेका छन् भने अर्काेथरिले जंगबहादुरले आफू शक्तिशाली बन्न आफ्ना भाइ बद्रीनरसिंहद्वारा उक्त हत्या गराएको भनी उल्लेख गरेका छन्। 
जंगबहादुर राणा।

शुभदिनकाे शुभरात्री श्रृंखला अन्तर्गतकाे  #SuvadinMuseum काे पहिलाे श्रृखंलमा राजा राजेन्द्रका दुर्इ रानी मध्ये जेठी रानी साम्राज्यलक्ष्मीले भारदारहरू मध्ये पाण्डेहरूकाे सहयाेग पाएकाे र कान्छी रानी लक्ष्मीदेवीले थापाहरूकाे समर्थन पाएकाे तथा राजा राजेन्द्रले भीमसेन थापालार्इ मुख्तियारी पदबाट अपदस्थ गरेपछि जेठी रानी साम्राज्यलक्ष्मीको दबावमा रणजंग पाण्डेलार्इ मुख्तियार बनाएकाे र उनलार्इ अंग्रेज सरकारप्रति लिएकाे नितीले उनलार्इ पनि पदबाट हटाइएकाे सम्मकाे कहानी पुस्तुत गरेका थियाै।  त्यति नै वेला वि.सं १८९८ मा जेठी रानी साम्राज्यलक्ष्मीको असामयिक निधन भएकाले कान्छी रानीले सत्ता र शक्तिमा प्रभाव जमाउँदै लगिन् र उनले भारतमा रहेका भीमसेन थापाका भतिजा माथवर सिंह थापालाई नेपाल फिर्ता बोलाएर राजालार्इ दबाब दिदै मुख्तियार बनाउन लगाएकी थिइन्। 

दाेस्राे श्रृखंलामा  राजा राजेन्द्रले कान्छी रानीले जेठीरानीका छाेरा युवराज सुरेन्द्रकाे अधिकार खाेसी अाफ्ना छाेरा रणेन्द्रलार्इ युवराज गर्ने याेजना अनुरूप माथवरलार्इ मुख्तियारीमा नियुक्त गर्न दबाव दिएकाे थाहा पाएका थिए। राजाले समाधानकाे सुझाव मागेपछि माथवरले राजालार्इ गद्दी त्याग्दै सुरेन्द्रलार्इ राजा बनार्इदिन सल्लाह दिए तर, सत्ताका भाेका राजेन्द्रले अाफ्नाे अपेक्षा अनुरूप जवाफ नपाएर उल्दै पदत्याग्ने जवाफ पाएपछि माथवरसँग चिढिएकी थिइन्। यसअघि अाफ्नाेे याेजनामा साथ नदिएकाे भन्दै रानीपनि माथवरसँग चिढिइसकेकी थिइन्। राजा रानी दुवैका अप्रिय पात्र भर्इसकेपछि माथवरकाे हत्या भयाे र हत्यामा गगनसिंह र जंगबहादुर राणाकाे मुख्य हात रह्याे। 

त्यसपछिकाे बाकीं कहानी शुभदिन म्युजिमकाे श्रृखंला तीनमा:- 

माथवरको हत्यापछि नेपालकाे राजनिती झन अस्थिर रह्याे। जसाेतसाे राजेन्द्रले चार महिना शासन हाकें। रानीप्रति अाशाक्त राजेन्द्रकाे कमजाेरीकाे फाइदा उठाउदै रानीले उनका प्रिय पात्र गगन सिंहलार्इ मुख्तियार बनाउने प्रस्ताव राजा सामु राखिन्। तर, याेपटक राजा बाेल्ड अवतारमा प्रस्तुत भए। उनी रानीले रानीकाे प्रस्ताव स्वीकारेन्।

र, चौतरिया फत्यजंगले मुख्तियारको पद सम्हाल्ने माैका पाए। रानीकाे चित्त बुझाउन राज्यपरिषद्ममा (मन्त्रिमण्डल सरह) मा गगनसिंह र जंगबहादुरलाई पनि समावेश गरियो। फत्यजंगका तुलनामा राज्यपरिषद्म गगनसिंहलार्इ रानीले बढी अधिकार दिएकी थिइन्। फत्यजंगका अधीनमा सात पल्टन फौज र फत्यजंगको नियन्त्रण केबल तीन पल्टन फौज मात्रै दिइएकाे थियाे।

जसले गगनसिंह झनझन शक्तिशाली बन्दै गए। राज्यका विभिन्न निकायमा उनकाे प्रभाव बढ्दै गयाे। उनलार्इ प्रत्यक्ष रानीकाे साथ थियाे। रानी लक्ष्मीदेवी र गगनसिंह मिलेर विभिन्न महत्वपुर्ण निर्णय गर्ने गरेकाे र त्यसलार्इ अाैपचारिकता दिन लाहछाप लगाउने काम मात्रै राजा राजेन्द्र र मुख्तियार फत्यजंग सिमित देखिए। 

गगनसिंहकाे बढ्दाे सक्रियता राजेन्द्र र फत्यजंगका लागि चुनाैती थियाे। अाश्चार्यचकित ढंगबाट विसं १९०३ आश्विन ९ को राति आफ्नै घरमा पूजा गरिरहेका बेला गगनसिंहकाे हत्या भयो। गगनसिंहको हत्याका विषयमा विभिन्न शंकाउपशंका हुन थाले। इतिहासकारहरू यस सन्दर्भमा दुइ कित्तामा बाढिएका छन्। एकथरी इतिहासकारहरूले कसैले राजा र मुख्तियारको मिलेमतोमा लाल झा नामका कुख्यात व्यक्तिले उनको हत्या गरेको भन्नेमा अाफ्नाे मत राखेका छन् भने अर्काेथरिले जंगबहादुरले आफू शक्तिशाली बन्न आफ्ना भाइ बद्रीनरसिंहद्वारा उक्त हत्या गराएको भनी उल्लेख गरेका छन्। 

गगनसिंहकाे हत्याले सवैभन्दा बढी चाेट लक्ष्मीदेवीलाई पुग्याे। उनी रिसले अागाे भर्इन् र उनले हत्यारा पत्ता लगाउन सबै भारदारहरूलाई तुरुन्तै कोतमा हाजिर हुन आदेश दिइन्। केही घन्टाभित्रै भारदारहरू कोतमा हाजिर भए। त्यहाँ उपस्थितहरू विच हत्या कसले गर्याे भन्ने सन्दर्भमा एकअर्का विच अाराेप प्रत्याराेप, मारकाट सुरु भयाे। रानीले मेरा शत्रुकाे नाश गर भन्नासाथ जंगवहादुर र उनका भारदारले ४० जना जतिको हत्या गरे। कोतभित्र भएको हत्याकाण्ड भएकाले यसलाई कोतपर्व भनिन्छ।

जंगबहादुरकाे उदय कसरी भयाे र उनले के के गरे जान्नका लागी शुभदिन म्युजियमकाे अर्काे श्रर्खंला पढ्न नभुल्नुहाेला। 

 


 

More form the Internet

loading...