Suvadin, Home

स्वस्थानी व्रतकथा आजबाट प्रारम्भ, माघ शुक्ल पूर्णिमासम्म शालीनदीमा मेला

शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रिशुल तरवार अनि कमलको फूल रहेका छन्।

काठमाडौं, १७ पुस – पौष शुक्ल पूर्णिमादेखि शुरु भएर एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा आजैका दिनबाट शुरू हुँदैछ।

पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ। अष्ट मातृका अर्थात आठवटा देवीको बिचमा रहनुभएकी श्री स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ।

शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रिशुल तरवार अनि कमलको फूल रहेका छन्।

वैदिक सनातन संस्कारलाई धर्म्सित जोडिनु भन्दा पनि सभ्यताक्रमसित जोडिनु जरुरी छ, सिन्धू नदिको तटमा भएको सभ्यता अनि शब्दकोषमा ‘स’ भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले ‘स’ को साटो ‘ह’ शब्द प्रयोग गरेर सिन्धुकोसाटो हिन्दु भएको प्रमाण अनि दस्तावेजहरु छन्।

आराध्य देव भगवान शिवजीको महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रृंखलाहरु पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दु परिवारहरुमा साँझ या बिहान चोखो नितो भएर, नगं अनि कपाल काटेर परिवारका सबै सदस्यहरु एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा हरेक दिन एक वा एक भन्दा बढि कथाका अध्यायहरू क्रमशः सुनाउने चलन छ।

महिला या पुरुष जो भए पनि समान रुपमा यस व्रतकथालाई श्रवण गरी महिनाभरि व्रत लिन गरिन्छ, यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्न गरिन्छ। आजबाट धेरै परिवारहरुमा माछामासू नखाइ चोखो नितो गरिन्छ।

‘उपनयतु मंगलम’ मन्त्रबाट प्रारम्भ हुने यो कथाको स्तुती मन्त्र समापनमा ’यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रका साथै समापन हुनेगर्दछ। आजबाट काठमाडौ, साखुँस्थित शालीनदिमा ब्यापक घूँईचो लाग्नेगर्दछ। माघ शुक्ल पूर्णिमाको दिन सम्म यहाँ मेला चलिरहन्छ।

हिउँदमा पूजा गरिएका खोलाका किनारहरुले वर्षामा सबैको रक्षा गरुन, लैगिंक समानताका लहरहरु समाजमा साकाररुपमा फैलिउन, माता स्वस्थानी लगायत अष्ट मातृका सबैको हामीप्रति असिम अनुकम्पा राखिराख्न मानिसहरु वर्त बस्ने गर्दछन्।

श्रोतः हाम्रो पात्रोबाट


 

More form the Internet

loading...