Suvadin, Home

सरसफाइमा जुटे सोसियल युथ गार्इज

युथ गाईजको यस अभियानमा नेपाल प्रहरी, नेपाली सेना, शस्शत्र प्रहरी, वन कार्यलय साथै अन्य सराेकार निकायहरुले पनि सहयाेग गरेका छन्। विगत ४ महिनादेखि 'स्वस्थ वातावरणकाे लागि सरसफाई अनिवार्य' भन्ने मुख्य उद्देश्यका साथ याे अभियान थालिएकाे संस्थका सचिव तथा सरसफाई अभियानका संयाेजक लिलाराज पाैडेल जानकारी दिएका छन्। 
तस्वीरः कुसुम पाैडेल

ताप्लेजुङ, ३० कात्तिक – साेसियल युथ गाईजकाे नियमित नगर सरसफाई अभियान अन्तर्गत अाज ताप्लेजुङ नगरपालिकाको ताेक्मे बसपार्क क्षेत्र सरसफाई गरिएको छ। नगरलार्इ सफा र स्वच्छ वातावरण बनाउन सोसियल युथ हरेक महिनाको अन्तिम दिन सरसफाइमा जुट्ने गरेको हो।

युथ गाईजको यस अभियानमा नेपाल प्रहरी, नेपाली सेना, शस्शत्र प्रहरी, वन कार्यलय साथै अन्य सराेकार निकायहरुले पनि सहयाेग गरेका छन्। विगत ४ महिनादेखि 'स्वस्थ वातावरणकाे लागि सरसफाई अनिवार्य' भन्ने मुख्य उद्देश्यका साथ याे अभियान थालिएकाे संस्थका सचिव तथा सरसफाई अभियानका संयाेजक लिलाराज पाैडेल जानकारी दिएका छन्। 

सबैकाे साथ र सहयाेग मिले ताप्लेजुङ नगरलाई नेपालकै सफा नगर बनाउन सकिने पाैडेलको विश्वास छ। त्यस्तै साेसियल युथ गाईजले विगतका दिनहरुमा पनि विभिन्न सामाजिक क्षेत्रमा अग्रसर भएर कदम चाल्दै अाएकाे छ।

​​​​​​


 

More form the Internet

loading...