Suvadin, Home

दलितलाई मन्दिर प्रवेशमा रोक

औं शताब्दिमा पनि जातीय छुवाछुत र भेदभाव कायमै छ। त्यसको पछिल्लो उदाहरण देखिएको छ, रामेछापको बेताली गाविसमा। कथित दलित समुदायका एक व्यक्ति मन्दिर प्रवेश गरेको भन्दै पुजारीले पाँच हजार जरिवाना मात्र गरेनन्, तत्काल रुद्री लगाएर मन्दिर समेत चोख्याए।

रामेछाप, माघ २४ - २१ औं शताब्दिमा पनि जातीय छुवाछुत र भेदभाव कायमै छ। त्यसको पछिल्लो उदाहरण देखिएको छ, रामेछापको बेताली गाविसमा। कथित दलित समुदायका एक व्यक्ति मन्दिर प्रवेश गरेको भन्दै पुजारीले पाँच हजार जरिवाना मात्र गरेनन्, तत्काल रुद्री लगाएर मन्दिर समेत चोख्याए।

बेताली–३ स्थित शेराकाली महांकालथान मन्दिरमा शनिबार यस्तो घटना भएको हो। सोही वडाका कृष्णकुमार विकले मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ज्यानै मार्ने सम्मको धम्की दिएर जरिवाना रकम असुलेका हुन्।

उक्त मन्दिरमा प्रत्येक शनिबार र मंगलबार पुजाआजा गरेमा निःसन्तानले सन्तान पाउने धार्मिक विश्वास छ। बोली नफुटेका बालबालिकालाई मन्दिर लगेमा बोली आउने मान्यता समेत छ । त्यसैले शनिवार भक्तजन ओइरिएका थिए । विकले पनि छोरी दुई वर्षको हुँदा पनि बोली नआएकाले पूजा गर्न गएका थिए।

विक मन्दिर प्रवेश गर्नासाथ दलित किन मन्दिरभित्र पसेको भन्दै पुजारीले बाहिर निकाली गालीगलौज गरेका थिए। पीडित कृष्णकुमारले ‘हामी चाहिँ पस्नै नमिल्ने भनेर आफ्ना कुरा राख्दै गर्दा खुरुक्क पाँच हजार जरिवाना तिर नभए तेरो ज्यान लिन्छौं’ भन्दै पुजारीले नै दुर्व्यवहार गरेका थिए। त्यतिबेलासम्म विकले पैसा तिर्न मानिरहेका थिएनन्।

पुजारी छत्रबहादुरले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर कार्की र स्थानीय सामाजसेवी गुंज बहादुर कार्कीलाई फोन गरेर सोधे। गुञ्जहादुरले फोनमार्फत नै कुनै हालतमा पनि त्यतिकै नछाड्नू पाँच हजार जरिवाना तिराएर मात्र छोड्नु र सो रकमले मन्दिरमा रुद्री लगाएर मात्र अरू पूजा गर्नू भनेर आदेश दिएपछि सोही बमोजिम पुजारीले जरिवाना गरेका हुन्। रासस


 

More form the Internet

loading...