Suvadin, Home
तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ।

काठमाडौँ, १० मंसिर  - काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आइतबार उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ। यद्यपि अपरान्ह भने तापक्रम केही बढी छ। महाशाखाले काठमाडौँको अधिकांश तापक्रम आइतबार २२ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ। 

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम बढिरहेको महाशाखाले जनाएको छ। अहिले जुम्लाको न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ५ डिग्री सेल्सियस छ। वीरेन्द्रनगरको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री मापन गरिएको छ।
 
त्यस्तै सिमराको न्यूनतम तापक्रम ११ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस छ। दाङको न्यूनतम तापक्रम भने १० दशमलव १ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ८ डिग्री सेल्सियस मापन गएिको छ। 

धनकुटाको न्यूनतम तापक्रम १० दशमलव ३ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ। त्यस्तै पोखराको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस छ। केही दिनको अवस्था हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २२ दशमलव ६ डिग्री छ। आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ० दशमलव १ डिग्री तथा सबैभन्दा बढी विराटनगरमा १३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ६ डिग्री सेल्सियस छ। 


 

More form the Internet

loading...