Suvadin, Home

Cover Image

पाँचौं दिन पनि हङ्‍कङ विमानस्थल प्रदर्शनकारीको कब्जामा, भेष बदलेर प्रदर्शनकारीसँगै घुसे प्रहरी

एजेन्सी । हङ्‍कङमा केही दिन यता हिंस्रक प्रदर्शन भइरहेको छ । यसैबीच हङ्‍कङ प्रहरीले हिंस्रक प्रदर्शनकारीहरूलाई निसानामा पार्न आफ्ना केही अधिकारीलाई आइतवार भएका सरकारविरोधी प्रदर्शनमा प्रदर्शनकारीको भेषमा खटाइएको स्वीकार गरेको छ।

आइतबार भएका झडपका बेला विभिन्न भेष बदलेर हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पारेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले स्वीकार गरेको हो । प्रदर्शनकारीहरूले प्रहरीको व्यवहारको छानबिन गर्न माग गरेका छन् ।


पाचौं दिन पनि प्रदर्शनकारीहरूले विमानस्थलमा अवरोध कायमै राखेका छन् । संसारको व्यस्त विमानस्थलमध्ये एक रहेको हङ्‍कङ अन्तर्राष्ट्रिय विमानस्थलभित्रै चार दिनसम्म सरकारविरोधी प्रदर्शन कायम रहेको थियो । जसका कारण हङ्‍कङ अन्तर्राष्ट्रिय विमानस्थलले त्यहाँबाट प्रस्थान गर्ने उडानहरू स्थगित गरेको थियो । त्यहाँ हजारौँ प्रदर्शनकारी जम्मा भएका थिए ।

विमानस्थलका विभाग प्रमुखले प्रहरी प्रदर्शनकारीहरूलार्इ हटाएर विमानस्थल सुचारू गर्ने प्रयास जारी रहेको बताएका छन् । उनले सम्भवत: केही समयपछि विमानस्थल सञ्चालमा आउन सक्ने जनाएका छन् । सोमवार उडानहरू स्थगित भएको त्यहाँको विमानस्थल सुचारू गर्ने प्रयास जारी छ ।


 

More form the Internet

loading...