Suvadin, Home

Cover Image

हङकङमा तनाव : सीमा क्षेत्रमा चीनले खटायो सेना

एजेन्सी । हङकङमा सरकारको विरोधमा भइरहेको प्रदर्शनका कारण करिब ११ सातादेखि तनावपूर्ण स्थिति सिर्जना भएको छ । तीन दिनदेखि त  हवाई सेवासमेत प्रभावित भएको छ । सोमबारदेखि प्रदर्शनकारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमै प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनकारीले विमानस्थल पुग्ने मार्गहरु घेराबन्दी गरेका कारण यात्रु विमानस्थलसम्म पुग्न नसकेको र यसले सेवा प्रभावित भएको जनाइएको छ ।

यसैबिच चीनले हङकङको सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मी तैनाथ गरेको छ । चीनको सरकारी सञ्चारमाध्यमले प्रकाशित गरेको तस्बिरमा सैनिक तथा प्रहरीको दस्ता सीमा क्षेत्रको शेन्जेन शहरमा पुगेको देखिएको बीबीसी जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचनामा चीनले हङकङसँगको सीमा क्षेत्रमा सेना तैनाथ गरेको जानकारी आएको ट्वीटमा उल्लेख गरेका छन् ।

Our Intelligence has informed us that the Chinese Government is moving troops to the Border with Hong Kong. Everyone should be calm and safe!

— Donald J. Trump (@realDonaldTrump) August 13, 2019

मुख्यगरी विमानस्थलको बाहिरी क्षेत्रमा केन्द्रित भएको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका खबर पनि छन् । प्रहरीले पेपर स्प्रे प्रहार गरेको जनाइएको छ ।

सरकारले प्रस्ताव गरेको सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन दुई महिना भन्दा बढी समयदेखि जारी छ । प्रदर्शन चर्किँदै गएपछि सरकारले विधेयक फिर्ता लिएको भए पनि प्रदर्शन रोकिएको छैन ।


 

More form the Internet

loading...