Suvadin, Home
Bridge Water

कारबाहीमा तीन आतङ्ककारी मारिए

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास भवन अगाडि रहेको रुबी भिल्ला नामक पाँच तल्ले भवनबाट शवहरु निकालिएको अधिकारीहरुले जानकारी दिएका छन्। 
सांकेतिक तस्वीर।

ढाका, २८ पुस – बङ्गलादेशको राजधानीको एक भवनलाई घेरा हालेर सुरक्षा अधिकारीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा संदिग्ध तीन मुस्लिम आतङ्ककारी माएिका छन्। 

केही मुस्लिम आतङ्ककारीहरु लुकेर बसेको सचूना प्राप्त भएपछि ढाकाको तेज्गाओन क्षेत्रमा शुक्रबार उक्त सुरक्षा कारबाही चलाइएको थियो। 

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास भवन अगाडि रहेको रुबी भिल्ला नामक पाँच तल्ले भवनबाट शवहरु निकालिएको अधिकारीहरुले जानकारी दिएका छन्। 

मारिएका यी संदिग्ध आतङ्ककारीहरुको परिचय भने तत्काल नखुलेको बताइएको छ। गएको केही वर्षयता बङ्गलादेशमा इस्लामिक आतङ्ककारीहरुको झडप बढ्दै गएको पाइन्छ। 

सन् २०१६ को जुलाई महिनामा ढाकाको एक रेष्टुरेन्टमा भएको आतङ्ककारी आक्रमणमा १७ विदेशीसहित एक होटलमा रहेका २० पाहुना मारिएका थिए। त्यसैगरी सो आक्रमणपछि भएको सुरक्षा कारबाहीमा परी उक्त हमलामा संलग्न रहेको ठानिएका थप पाँच आतङ्ककारी मारिएका थिए।