Suvadin, Home

सियोनाको उपचारका लागि क्लासिक टेकको १० लाख सहयोग

इन्टरनेट सेवा सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत उत्तरदायित्व अन्तरगत दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

इन्टरनेट सेवा सेवा प्रदायक कम्पनी क्लासिक टेकले संस्थागत उत्तरदायित्व अन्तरगत दूर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित रहेकी १३ महिनाकी सियोना श्रेष्ठको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । कम्पनीले उनको उपचारका लागि स्थापना गरिएको बैंक खातामा सिधै अनलाइन पेमेन्टमार्फत रकम प्रदान गरेको हो । सियोना श्रेष्ठको उपचारका लागि क्लासिक टेक र क्लासिक टेकका सम्पूर्ण कर्मचारीहरुले समेत आफूले सक्दो सहयोग प्रदान गरेका छन् ।

क्लासिक टेकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत हरेक वर्ष विभिन्न कार्यक्रमका साथ रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको छ । यसअघि पनि ब्लड क्यान्सरबाट पिडित एक बालकको उपचारको लागि क्यान्सर अस्पताल हरिसिद्धिमा लगेर सम्पूर्ण खर्चसहित उपचार गराएको थियो । त्यसैगरि ती बालकको लागि थप सहयोग समेत जुटाएको थियो । यस पटक पनि कम्पनीले सामाजिक कार्यलाई निरन्तरता दिँदै सियोना श्रेष्ठको उपचारको लागि रकम सहयोग गरेको हो ।

सहयोग हस्तान्तरणको बारेमा बोल्दै कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय अधिकारी भन्नुभयो, २० करोड सहयोगमा यो हाम्रो सानो रकमको सहयोग हो तर तपाईँ हाम्रो सानो सानो सहयोगले नानी को जिवन बचाउन सक्छ । हामीले हरेक वर्ष सामाजिक कार्यलाई अगाडि बढाईरहेका छौं । गत वर्ष क्यान्सर पिडित बालकलाई सहयोग गरेका थियौं भनेयो वर्ष स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप १ बाट पिडित १३ महिने सियोना श्रेष्ठलाई सहयोग गरेका छौ। आगामी दिनमा पनि हामी सामाजिक कार्यमा सँधै अगाडी बढेर काम गर्नेछौं।

 


 

More form the Internet

loading...