Suvadin, Home

तेश्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवर्द्धन प्रदर्शनी शुक्रबारबाट शुरु हुने

उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार हिमाली आयोजना र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गर्ने उक्त प्रदर्शनीमा ७५ वटा कक्ष रहनेछ। हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु राखिने हिमाली आयोजनाका प्रमुख डा. विजयकान्त झाले जानकारी गराएका छन्। 

काठमाडौं,  फागुन १० – उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुलाई प्रवद्धन गर्नका लागि ‘तेश्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्धन प्रदर्शनी’ शुक्रबारबाट शुरु हुने भएको छ। 

उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार हिमाली आयोजना र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गर्ने उक्त प्रदर्शनीमा ७५ वटा कक्ष रहनेछ। हिमाली क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु राखिने हिमाली आयोजनाका प्रमुख डा. विजयकान्त झाले जानकारी गराएका छन्। 

झाले उच्च पहाडी क्षेत्रमा उत्पादन भएका जडीबुटी, कृषिजन्य र पशुजन्यको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवद्धन गर्नका लागि प्रदर्शनी आयोजना गरिएको बताएका छन्।

तीन दिनसम्म चल्ने प्रदर्शनी संखुवासभा, दोलखा, रसुवा, मनाङ, डोल्पा, जुम्ला, मुगु र हुम्लामा उत्पादन हुने याकको चिज, छुर्पी, राडीपाखी, तरकारीको बीउ, तोरा जुस, रसुवाको कालो मसुरो, जुम्ली मार्सी चामल, हिमाली हर्बल चिया, सिलाजित, कर्णालीको सिमी, स्याउको चाना, ओखर, चिराइतोलगायत राखिनेछ। 

उक्त प्रदर्शनी शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन्। करिब रु एक करोडको कारोबार हुने अपेक्षा गरिएको उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। 


 

More form the Internet

loading...