Suvadin, Home

Cover Image

ससुराली पुगेर श्रीमतीसहित तीनजनालाई खुकुरी प्रहार गर्ने पक्राउ 

काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-८ नुवाकोटको लम्चीमा सोमबार राति ससुराली पुगेर खुकुरी प्रहार गरी फरर रहेका चिरन घर्ती पक्राउ परेका छन्।

नुवाकोटको लम्चीमा श्रीमती, सालो र सासूलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनार फरार रहेका घर्ती सन्धिखर्क नगरपालिका-१० अर्घाको धरमपानीबाट बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफू धरम्पानीमा रहेको भन्दै साथीलाई लिन बोलाएपछि उनी त्यहाँ रहेको खबर प्रहरीसमक्ष पुगेको थियो । खबर पाउनासाथ प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरी टोलीले घर्तीलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । घर्तीविरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

भुमिकास्थान नगरपालिकाको नुवाकोटमा ज्वाइँको खुकुरी प्रहारबाट श्रीमती, सासू र सालो घाइते भएका थिए । खुकुरी प्रहारबाट श्रीमती १९ वर्षीया गीता घर्ती, सासू ४३ वर्षीया भुमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री गम्भीर भएका थिए । 


 

More form the Internet

loading...